Online News Portal

विश्व बर्चस्वको रणनीति नै चिनिया पतनको बाटो, मित्रराष्ट्रहरु माझ विश्वास गुमाईरहेको छ

267

विश्वभर लोकतांत्रिक पद्धतिको उठान भैरहेको छ । विश्वभरका जनता आफ्ना लागि बोल्ने गरेका छन । भारतमा भएको लगातारको किसान प्रदर्शन कै कारण सदैव आफ्नो निर्णय प्रति दृढ रहने प्रधानमंत्री नरेन्द्र मोदीको सरकारले जनता असन्तुष्ट हुनु हुँदैन भनि ३ कृषि कानून फिर्ता लिएको उदाहरण भर्खरकै हो ।    यो पनि समाचार पढ्नुचीहोस   नको जीडीपीमा गिरावट आउने सम्भावना , भारतको जीडीपीमा ठूलो उन्नति

आवश्यक जनसभा, प्रदर्शन, खबरदारी इत्यादि कार्यक्रम आयोजन गर्दै सत्ता पक्षलाई संदेश दिने प्रचलनहरु छन । तर यहि धरातलमा उभिन नसक्ने राष्ट्रहरु पनि छन जसले स्वदेशमा मात्र हैन बिदेशमा पनि आवाजहरु नउठुन भनेर नियंत्रण को प्रयास गर्छन ।

मुख बन्द गर्ने नीति स्थाापित गर्न बरु राज्य संयंत्र परिचालित हुन्छन । देश भित्र कड़ा तानाशाही प्रवृत्ति का साथ व्यापक दमनकारी नीति अपनाइन्छ । देशबाहिर आर्थिक प्रलोभन र असहयोग जस्ता अर्थसंकटहरुले चुप रहन बाध्य बनाईन्छ । मानवीय संवेदना र संस्कार को खुल्लेआम धज्जी उडाउँदै आफु सर्वश्रेष्ठ क्रुर तानाशाह रहेको प्रमाणित गर्दछन । हो यस्तै खासियत बोक्ने प्रमुख तानाशाही राष्ट्र कथित गणतंत्र चीन हो ।

चीनको हरेक कृयाकलापले अन्तराष्ट्रिय सम्बन्ध डगमगाई रहेको हुन्छ । आपसी समझदारी असंतुलित भैरहेको हुन्छ । सामाजिक न्याय र माननीय सभ्यता समाप्त हुने परिणामहरु देखिएको हुन्छ । बाध्य भएर अरु देशहरु असह्य हुँदै बोल्नु पर्ने हुन्छ जसले वाक युद्ध शुरु हुन्छ । हुदाहुदै विश्व राजनीतिमा भयावह स्थिति निर्माण हुन्छ र विश्वयुद्ध तिर लम्किनका लागि देशहरुबिच तीब्र ध्रुवीकरण हुन थाल्छ ।   यो पनि समाचार पढ्नु होस        चीनको विकल्प भारत राम्रो : चीनको सट्टा भारतसँग व्यापारीक सहकार्य बढ्दैचिन्तित बेईजिङ

चिन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तिव्र धुव्रिकरणका विच आफ्नो विस्तारवादी नितिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई जबरजस्ती लाद्न खोजीरहेको छ । चिनले आफु केन्द्रित एसिया र विश्व वरियतामा शिर्ष स्थानमा आउन सशक्त रुपले लागि परेको छ । चिन संग सिमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतमान, ताजिकस्थान , कार्गिजस्तान लगायत सिमा जोडिएको मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चिनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ । सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ । यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चिनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ ।

चिनको अधिनायकवाद तर्फको पुन प्रस्थानले उसलाई नि गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चिनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुक संगको विश्वासलाई गुमाई रहेको छ । विश्वलाई आफ्नो वसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चिन तर, विश्व राजनितिले चिनको प्रभावलाई स्वीकार गरिराखेको छैन , राजनैतिक धुव्रिकरणका विच चिनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको छ । शान्तिको संदेश दिने नेपाललाई पनि उसले आफ्नो अनुकूल बनाउन हस्तक्षेपकारी भुमिकाहरु अपनाएको देखिन्छ ।

दक्षिणी चिन सागरमा देखिएको तनाव , ताईवान र हङकङ प्रतिको कठोर कदम , चिन भित्र रहेको उइगुर मुसलमान पार्टीको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चिनको चरम महत्वकांक्षले पूर्वि एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् ।  चिन संग नजिकिएको फिलिपीन्सले समेत दक्षिण चिन सागरमा आफ्नो दावी गर्दै  हवाई तथा सामुन्द्रिक गस्ती बढाईरहेको छ । चिन सङ विवादमा रहेको भियतनाम पनि आफ्नो सबल उपस्थित का लागि प्रयासरत छ ।

यस्ता उग्रतापुर्ण व्यवहारकै कारण बाँडिएको विश्व समुदायले चीनलाई खतराको रुपमा देख्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.