युक्रेनकै जस्तो होला की नेपालको हाल: नेपाल, भुटान लगायतका देशलाई सावधानी आवश्यक
शक्तिराष्ट्रहरुको शक्ति संतुलन हुन नसकेर विश्व महाप्रलयको चपेटमा छ । अहिले तेस्रो विश्वयुद्धको संघारमा पुगेको अन्तराष्ट्रिय राजनीति प्रति नेपालको पनि चनाखो हुनु पर्ने अनेक कारणहरु छन । समयमै सचेत हुन नसक्नु नै कुनै पनि दुर्घटनाको मुख्य कारण हुन पुग्दछ ।
युद्ध अराधका पारखीहरुले आफ्नो हिसाबका सिग्नल दिईरहेका छन । बुझ्न नसक्नु नेतृत्वको महाभुल हो । चीनलाई ड्रैगन पनि भनिन्छ । र उसको छेउमा सुतेर आराम फर्माउनु भनेकै मुर्खताको पराकाष्ठा हो ।
यस सम्बंधित लेखहरु नेपाल आज लगायतका संचार माध्यमहरुमा प्रकाशन भएको हेर्न सकिन्छ । संभावित दुर्घटनाबाट जोगिन सक्नु नै अहिल्येको वैश्विक मानसपटलमा वर्तमान भई बाँचिराख्नु हो ।
रुस–युक्रेन संकट चरम विन्दुमा छ। त्यस वाहेक पनि विश्वले ध्यान दिनुपर्ने उदीयमान महाशक्ति राष्ट्रहरु भारत र चीन पनि छन्। यी दुई देशको बीच २ हजार १६७ माइल लामो सीमाना छ। जसमा दुई देशले ८० वर्षदेखि विवाद गर्दै आएका छन्। सन् १९६२ मा यस सिमानामा दुई देशबीच युद्ध भयो, जसको अन्त्य आजसम्म पनि भएको छैन। यो समाचार पनि पढ्नु होस ताईवान् र भारत नजिकिदै गर्दा चीनमा मच्चियो खैलाबैला , ताईवान् जनताको पक्षमा थुप्रै नेता जनताको साथ संदेश
दुवै देश आधुनिक सेना र आणविक हतियारले सुसज्जित भएका कारण यो सीमा विवादलाई बढ्दो महत्वका साथ हेर्नु जरुरी छ। भारत–चीन सीमा विवाद विश्वका सबैभन्दा लामो विवादित सीमानाहरू मध्ये एक हो। यो तीन खण्डमा विभाजित छ । पहिलो अरुणाचल, दोश्रो नेपाल र भुटानको बीचमा ५० माइल भुभाग र तेस्रो भारतको लद्दाख र चीनको अक्साई क्षेत्रसँग जोडिएको सिमा हो।
किन हुँदैछ सीमानामा विवाद:
चीनले पूर्व नेता माओ त्सेतुङले प्रतिपादन गरेको ‘फाईव फिंगर पोलिसी’ लाई आत्मसाथ गरेको छ। जसले तिब्बतलाई चीनको दाहिने हाथ र लद्दाख, नेपाल, सिक्किम, भूटान र अरूणाचल प्रदेशलाई त्यसका पाँच औला मानेको छ। त्यसैले तिब्वतलाई चिनमा विलय गराएपछि बाँकी पाँच औलालाई पनि मुक्त गर्नुलाई आफनो दायित्वको रुपमा वुझेको छ। यी क्षेत्रलाई ‘स्वतन्त्र’ गराउनु चीनको कर्तव्य हो भन्ने माओको विश्वास थियो।
यद्यपी, चीन सरकारका आधिकारीक भनाईमा यो विषय कहिलै समेटिने गरेको छैन। तर, २०१७ मा डोक्लामा भएको झडप र त्यसको गतिरोध पछि चीनियाँ कम्युनिष्ट पार्टीको एक अस्थायी मुखपत्रले यो कुरालाई पुष्टि गरेको थियो। चीनले भुटान, नेपाल र सिक्किममाथि दाबी गर्नुअघि पूर्ववर्ती नेता वा प्रशासकहरुले पनि १९०० को प्रारम्भमा यी क्षेत्रहरू तिब्बतकै क्षेत्र भएको रुपमा वुझदै आएका थिए ।
आधिकारिक रूपमा चीनको ‘पाँच औंले नीति’ कहिल्यै चर्चामा आएन र अहिले पनि प्राय निष्क्रिय छ। तर, चीनले अरुणाचल प्रदेश र लद्दाखलाई आफनो भुभाग अक्साईको क्षेत्रका रुपमा ब्याख्या गरिरहेको छ। फलस्वरूप अरुणाचल र लद्दाखलाई होटान प्रिफेक्चर र सिनजियाङको भागको रूपमा हेरिरहेको छ। त्यसैले सन २०१७ को डोक्लाम झडप पछि चीनको ‘पाँच औले नीति’ पुनर्जीवित हुन सक्छ भन्ने आशंका गर्न थालिएको छ।
भूराजनीतिक विज्ञहरूका अनुसार ‘पाँच औंले नीति’ हिमालयको ऐतिहासिक भूगोलमा चीन र भारतको सदैव दावी रहँदै आएको छ। भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमा विवादको कारण पनि यही हो।
यसरी भयो तिब्बत कब्जा:
चीनको स्वशासित क्षेत्र तिब्बत सुरुमा स्वतन्त्र थियो। नेपालीले तिब्बतसँग ब्यापार गर्थे। राजनैतिक रुपमा तिब्बत नेपालभन्दा कमजोर नै थियो। छिमेकी हुँदा सामान्य मनमुटाव र कतिपय असहमति भए पनि नेपाल–तिब्बत असल मित्र थिए। नेपाल तिब्बतको सन्धि÷सम्झौता तथा आर्थिक सम्बन्धले दुवै देशले लाभ उठाएका थिए।
भूराजनीतिक विज्ञहरूका अनुसार ‘पाँच औंले नीति’ हिमालयको ऐतिहासिक भूगोलमा चीन र भारतको सदैव दावी रहँदै आएको छ। भारत र चीनबीच लामो समयदेखि चलिरहेको सीमा विवादको कारण पनि यही हो।
यसरी भयो तिब्बत कब्जा:
चीनको स्वशासित क्षेत्र तिब्बत सुरुमा स्वतन्त्र थियो। नेपालीले तिब्बतसँग ब्यापार गर्थे। राजनैतिक रुपमा तिब्बत नेपालभन्दा कमजोर नै थियो। छिमेकी हुँदा सामान्य मनमुटाव र कतिपय असहमति भए पनि नेपाल–तिब्बत असल मित्र थिए। नेपाल तिब्बतको सन्धि÷सम्झौता तथा आर्थिक सम्बन्धले दुवै देशले लाभ उठाएका थिए।
नेपाल तिब्बत युद्द हुँदा चीनले तिब्बतलाई सघायो। तर चीनले तिब्बतलाई आफनो अधिनमा लिएपछि नेपालले एउटा असल छिमेकी गुमायो। तिब्बतसँग व्यापार गर्ने लाभ त नेपालले गुमायो नै त्यो भन्दा ठुलो कुरा तिब्बतको मौलिक संस्कृति पनि गुम्यो। चीनले त्याहाँको मौलिक संस्कृतिको संरक्षण गर्न नसकेको आरोप लाग्ने गरेको छ । खासमा चीनले तिब्बती संस्कृति र मौलिकता उपर सुनियोजित प्रहार नै गरेको हो । नेपाल र तिब्बतको संस्कृति मिल्छ। ब्यापारको लोभभन्दा एउटा असल छिमेकी गुमाउनु र मौलिक संस्कृतिको विलय हुनु दुखद पक्ष हो।
यो कुरा हामीले बिर्सियौं कि मानसपटल मा छ? नेपालमा संख्यात्मक रुपमा कम्युनिस्टहरु बढ्दै जानु र चीनले तिब्बतलाई निलेको घट्ना विर्सदै जानु संयोग मात्र होईन। यो चिन्ताको विषय हो। आज मार्च १०, तिब्बती विद्रोह दिवस। १० मार्च १९५९ मा तिब्बतको राजधानी ल्हासामा चीनियाँ कब्जाको विरुद्धमा तिब्बत विद्रोह सुरु भएको थियो।
तिब्बत राष्ट्रमाथि आक्रमणको प्रतिकार गर्दै तिब्बती महिलाहरूले सुरु गरेको विद्रोह थियो त्यो। उल्लेखनिय के छ भने सन् १९५१ मा १७ बुँदे सम्झौतामार्फत चीनले तिब्बतलाई आफ्नो हातमा लिएको थियो। १४औं दलाई लामाले सन् १९५९ मा तिब्बत छोडे पनि खाम र अम्बो क्षेत्रमा तिब्बती विद्रोही र चीनियाँ सेनाबीच सन् १९५६ मा द्वन्द्व सुरु भयो। यो छापामार युद्ध सन् १९६२ सम्म चलेको थियो। जसलाई चीनले क्रुर ढंगबाट दमन गरेको थियो। निर्वासित तिब्बती जनताले मार्च १० लाई तिब्बती विद्रोह दिवसको रूपमा मनाउँछन्।
चीनले आँखा गाडेपछि भारतमा विलय भएको सिक्किम :
तिब्बत कब्जा र चीनको पाँच औले नीतिकै कारण सिक्किम भारतको अधिनमा पुगेको कुरा महत्वपुर्ण छ। सन् १९५५ मा सिक्किममा संवैधानिक शासन चलाउन राज्य परिषद (स्टेट काउन्सिल) को स्थापना गरिएको थियो, जो सन् १९७३ सम्म कायम रह्यो ।
सन् १९६२ (बि.सं. २०१९) को भारत–चीन युद्धका बेला सिक्किम चीनियाँहरूका लागि एउटा चुरो विषय भएर रहेको थियो । सिक्किममा बौद्ध धर्मावलम्बी भएको आधारमा उसले यसलाई लद्दाख र अरुणाचल प्रदेशजस्तै तिब्बतकै एक भूभाग मानेको थियो। सिक्किम भारत संरक्षित राज्य होइन भन्ने उसको मान्यता थियो । यही कारण सिक्किम र चीनको सीमालाई जोड्ने ‘नाथुला भञ्ज्याङ्’ भारतले वन्द गर्यो। सन् २००५ मा चीनले सिक्किमलाई ‘भारतको अभिन्न अङ्ग’ को मान्यता दिएपछि ४४ वर्षपछि सन २००६ मा मात्रै यो नाका पुनः खोलिएको हो ।
तीनसय वर्षको इतिहास बोकेको राजतन्त्रात्मक पहाडी अधिराज्य सिक्किमलाई भारतमा विलय गराउनका लागि सिक्किमका पहिलो मूख्यमन्त्री लेन्डुप दोर्जी खाङ्सर्पाको नाम चर्चित छ। सन् १९७५,१४ मई देखि ७९ अगस्ट १७ सम्म चार वर्ष मूख्यमन्त्री भएका लेन्डुप दोर्जी खाङ्सर्पा देश जिम्मा लगाउने प्रवृत्तिविशेष वा चरित्रविशेषको रुपमा लिइने नाम हो।
सिक्किम जोगाउने राजा ताशी नाम्ग्यालको क्यान्सरले गर्दा सन् १९६३ मा निधन भयो भने उनका छोरा पाल्देन थोन्द्रुप नाम्ग्याल सन् १९६५ मा सिक्किमका ‘चोग्याल’ (राजा) भए । सिक्किमका संरक्षक मानिएका भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सन् १९६४ मा निधन भयो। इन्दिरा गान्धी, सन् १९६६ मा भारतका प्रधानमन्त्री भईन। त्यसैवेला नयाँ चोग्यालकी अमेरिकी मूलकी पत्नी होप कूकले एउटा जर्नलमा एक लेख प्रकाशित गर्दै ‘पूर्व सिक्किमका केही सम्पत्ति ब्रिटिश शासनकालमा लगिएको थियो, त्यो फिर्ता हुनुपर्छ’ भन्दै आवाज उठाएपछि भारत सशंकित भयो ।
सन् १९७० को शुरूबाट लेन्डुप दोर्जीको सिक्किम स्टेट कांग्रेसभित्रबाट राजा हटाउने आवाजले अनायास मोड र जोड लियो । १९७३ मा आइपुग्दा दरबारको विरूद्ध कांग्रेस पूरै उत्रिसकेको थियो । चोग्याल र लेन्डुप दोर्जीकाबीच सम्बन्ध झन विग्रियो। सेप्टेम्बर ४, १९७४ मा सिक्किम काँग्रेसका नेता लेन्डुप दोर्जी मूख्यमन्त्री नियुक्त भए । उनले नयाँदिल्लीसँग विभिन्न पत्राचार, कबुलियतनामा र गोप्य कुराकानी गरेर सिक्किमलाई प्रान्तीय राज्यका रुपमा राख्न भारतीय संसदलाई आह्वान गरे ।
अप्रिल १४, १९७५ मा एउटा कथित जनमत संग्रह पनि गरियो जसले सिक्किमलाई भारतमा बिलय गर्न जनादेश दिएको देखाइयो । अप्रिल २६, १९७५ मा सिक्किम भारतको बाइसौँ राज्य भइसकेको थियो, त्यही कुरा मई १६, १९७५ मा विधिवत घोषित भयो ।
निस्कर्ष :
अव प्रश्न उठ्छ रसियाले युक्रेनलाई हमला गरे झै चीनले नेपाललाई हमला गर्न नसक्ला र? चीनले जसरी तिब्बतलाई निल्यो र जसरी पाँच औले नीतिको चर्चा सुरु भएको छ। त्यो आधारमा नेपाल कति दिनसम्म सुरक्षित रहन सक्ला ? चीनले आँखा गाडेपछि कसरी सिक्किम भारतमा विलय भयो? भन्ने कुरालाई नजरअन्दाज गर्नु पक्कै पनि राम्रो होईन। चीनियाँ अधिकारीहरूले लद्दाख, सिक्किम, नेपाल, भुटान र अरुणाचल प्रदेश (त्यसबेला नर्थ ईस्ट फ्रन्टियर एजेन्सी – नेफा भनेर चिनिने) लाइ चीनका पाँच औला भनेर ब्याख्या गर्न थालेपछि त्यसको विरोधमा हामीले तिब्बत प्रति ऐक्यबद्धता किन नजनाउने?