Online News Portal

अतिक्रमण र निरंकुशताले दक्षिणपूर्वी एशियामा चीनप्रति बढ्यो अविश्वास, चिनियाँ रणनीति फेल

151

काठमाडौं । सन् १९५४ देखि १९७७ सम्म पश्चिमाहरू साम्यवादको विस्तार रोक्न दक्षिणपूर्व एशिया सन्धि सङ्गठनमा संलग्न भए । त्यति बेलाको साम्यवाद रुस थियो । यो सङ्गठन ध्वस्त भइसके पनि अहिले दक्षिण पूर्व एशियामा चीनलाई टक्कर दिन क्वाड र यस्ता रणनीतिहरू अघि सारिएका छन् ।

आसियान मुलुकसम्म चीनको बढ्दो प्रभुत्व र चीनको स्वोकेन्द्रित अर्थव्यवस्था कोभिड पछिको विश्वमा यस क्षेत्रका लागि चुनौतीपूर्ण बनेको छ ।
तथ्य यो हो कि चीनले अहिलेको समयमा यो क्षेत्रमा ठूलो अविश्वासको सामना गरिरहेको छ। यस क्षेत्रमा चीनको दोहोरो उपस्थिति आर्थिक पहुँच र सैन्य उपनिवेशवादसँग सही दृष्टिकोणका साथ हेर्न आवश्यक छ ।

चीनले क्षेत्रीय अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसलाई अविश्वासका साथ हेरिन्छ । सिंगापुरको आईएसईएएस युसुफ इशाक संस्थानले गरेको हालैको सर्वेक्षणको प्रमुख निष्कर्षहरूले यस्तो देखाउँछ ।

सर्वेक्षणले चीन यो क्षेत्रमा सबैभन्दा कम विश्वसनीय देशका रूपमा देखाएको छ । सर्वेक्षणले जापानपछि अमेरिकालाई दोस्रो विश्वसनीय देशका रूपमा देखाएको छ ।

दक्षिण पूर्वी एशियालीहरु बीचको प्रमुख शक्तिका रुपमा जापानलाई ५४.२ प्रतिशतले विश्वास गरेका छन् । यस्तै दोस्रोमा अमेरिकालाई ५२.८ प्रतिशत, ईयुलाई ४८.५ प्रतिशत पाइएको छ । चीनलाई अविश्वास गर्नेमा ५८.१ प्रतिशत र ४९.६ प्रतिशतले चीनले आफ्नो देशको हित र सार्वभौमसत्तालाई खतरामा पार्ने सैन्य र आर्थिक शक्ति प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सर्वेक्षणले आसियान मुलुकहरूका ७६.४ प्रतिशत मानिस चीनबारे चिन्तित छन् । जुन गत वर्षको ८६.५ प्रतिशत भन्दा केही कम हो । यसको विपरीत उत्तरदाताहरूले ८०.१ प्रतिशत आसियानको र ६२.६ प्रतिशत अमेरिकाको स्वागत गरेका छन् ।

कम्बोडियाका ५४.१ प्रतिशत नागरिकले चीनको बढ्दो प्रभावको स्वागत गरेका छन् । जबकि ब्रुनाई, म्यानमार, फिलिपिन्स, सिंगापुर र भियतनामले अमेरिकी प्रभावको समर्थन गरेका छन् ।
चीनप्रति अविश्वासका लागि सामुद्रिक र क्षेत्रीय विवाद एक कारण हो । तर स्थिति योभन्दा पनि बढी छ । चीनको मूल्य मान्यता, स्वायत्तता, समावेशिता, क्षेत्रीय रणनीति, दक्षिणपूर्व एशियामा लागु कूटनीति, सार्वजनिक हित, आर्थिक विकासलगायतका विषयमा चीनको मूल्यांकनको निचोडकै कारण अविश्वास बढेको ठानिन्छ ।

चीनले आफ्नो प्रतिबन्ध र कठोर नीति त्यागेर यो क्षेत्रका राष्ट्रहरूले चाहे अनुसारको वातावरण बनाउन सक्नुपर्छ । यसले दक्षिण चीन सागर किन्न सक्छु भन्ने धारणा त्याग्नु पर्छ र यहाँ सैन्य उपस्थिति र प्रभुत्वको रणनीति त्याग्नुपर्छ ।

यस क्षेत्रमा चीनको व्यापारसँगै सैन्य आक्रामकतासमेत बढेको छ । आसियान मुलुकहरूसँग सन् २०१३ मा ४४३ बिलियन अमेरिकी डलरको व्यापार गरेको चीनको व्यापार यी देशसँग सन् २०२१ मा ८७८ अर्ब बिलियन अमेरिकी डलर पुगेको छ ।

यस्तै सन् २०१३ यता चीनले ३ हजार २ सयभन्दा एकड कृत्रिम ल्यान्डमास बनाएको छ र दक्षिण चीन सागरमा तीन वटा टापुहरूलाई सैन्यकरण गरेको छ ।

वास्तवमा चीनले दक्षिणपूर्व एशियामा आशियान मुलुकसँगको सम्बन्धलाई आर्थिक र सैन्य रणनीतिका साथ अघि बढाउँदै गर्नुले यसप्रतिको असन्तुष्टिलाई झनै सतहमा ल्याइदिएको छ । यसले दक्षिणपूर्व एशियामा चीनले आफ्नो रणनीतिमाथि हेरफेर गर्नुपर्ने अवस्थाको संकेत

Leave A Reply

Your email address will not be published.