Online News Portal

ओरालो लागदो चिनको अर्थतन्त्र, मिटर ब्याजी बीआरआईको वास्तविक्ता

144

नारद मधेसी । एउटा ऋण जाल तब सफल हुन्छ , जब कुनै उधारकर्ता ऋणको मूल राशि भुगतान गर्न असमर्थ हुन्छ । जसलाई अहिले मिटर ब्याजी पनि भन्न थालिएको छ । मुलुकमा चलीरहेका त्यस्ता मिटर ब्याजीऋणका कारण कतिपय व्यक्ति बेघर भएका छन् । परिणाम स्वरुप सरकार अहिले कडा कदम चल्न प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा निर्देशन नै जारि गरेको छ । तर ठिक त्यहि स्वरुपको मिटर व्याजी ऋण चिनको बिआरआई परियोजना हो ।जसको कारण कतिपय छिमेकि मुलुकहरुको अर्थतन्त्र ध्वस्त बनेको छ । जनता बिद्रोहमा ओर्लिएका छन् । तर त्यो भन्दा ठुलो प्रश्न यो छ कि चिनले लगानी गरेको बीआरआई छिमेकि साना मुलकहरुको अर्थतन्त्रको लागी कति सार्थक छ ?

नेपाल,पाकिस्तान,बंगलादेश र श्रीलकां जस्ता छिमेकि मुलुककोे अर्थ व्यवस्था त्यतिठुलो छ, जसले आउने समयमा मिटर व्याजी बीआएआईको विशाल ऋण भुगतान गर्न सक्छ र ? जुन चिनद्धारा वन बेल्ट, वन रोडको (बीआरआई) माध्यमबाट प्रायोजित लगानि गरिदै छ । यो प्रश्न दक्षिणी एसियाका सबै साना मुलुकहरुको लागी अहिले ठुलो प्रश्नको बिषय बन्दै गएको छ ।

अर्को तर्फ प्रत्येक ऋणदाता ऋण उधार दिनु भन्दा सयौ चोटि ऋणिको क्रेडिट र आर्थिक योग्यताको आकलन गर्छ । तर एशियाका विभिन्न मुलुकहरुमा चलिरहेको कमिशनको खेलमा चिनद्धारा योजनाको लगानी बढाउदै नेता खरिदविक्रिको नितिकै कारण श्रीलंकामा जन बिद्रोह सुरु भएको हो । लगानीकर्ता राष्ट्रको पहिलो कर्तब्य हो,एक सम्ंप्रभु देशको आर्थिक क्रेडिट र उसको आर्थिक क्षमताको आकलन गर्ने संसारीक प्रचलन छ ।

तर चिनले नेपाल र एशिया मुलुहरुमा बीआरआईको माध्यम गरिरहेको ऋण लगानिमा त्यसतो देखिएन । जानी जानी उसले बेवारीसे लगानिलाई योजनाबद्धरुमा चलयो जसको मुख्य उदेश्य कुटनैतिक षडयन्त्र नै भएको सहजै अनुमान गर्न सकिन्छ । कुनै पनि मुलुकको सोभरेन क्रेडिट औसतले त्यसको अर्थव्यवस्थालाई अन्तराष्ट्रिय लगानि कर्ताहरुले आकलन गरेपछि मात्र ऋणमा लगानि गर्ने इच्छा प्रकट गर्दछन । त्यसमा पनि ऋणि मुलुकको राजनैतिक माहौल,आर्थिक स्थिरता र त्यसको बित्तिय संसाधनहरुलाइ ध्यानमा राखेर ऋण लगानि गर्ने आर्थिक चलन रहेको नै देखिन्छ ।

तर चिनले जानी जानी यो सबै बिषय केलाए न । साना साना मुलुकमा ठुल ठुला लगानि ह्वातै गर्दै आयो तर के यस्तो कुरा उसले हासोको लागी मात्र गरेको हो । बेल्ट एन्ड रोडको बारेमा मलेशियाबाट सुरुभएको शंकाकोलंका क्रमिकरुपमा फैलीदै गयो र श्रीलंका, पाकिस्तान र बंगलादेशमा क्रमश जन बिद्रोह नै सुरु भएको छ । यसै संदर्भमा छिमेकी मुलुक म्यांमारले पनि आफ्नो देशमा चिनद्धारा निर्माण भइरहेकोे बंदरगाहको लगानि घटाएको छ ।

थाईलैंडले पनि पुरै देशमा चलिरहेको रेल परियोजनाहरुको चीनको सहयोगका परियोजनाहरुलाई खारेज नै गरेको छ । यहांसम्म कि सबैभन्दा वफादार सहयोगी रुपमा रहेको पाकिस्तान, जसले ४०० बिलियन चीन–पाकिस्तान आर्थिक कोरिडोर योजना बनाउन ल्याइएको चीनीया उपकरणाको आयात खर्जको कारण अहिले चालू खाता ९अगचचभलत बअअयगलत मभाष्अष्त० संकटको सामना गर्न बाध्य भएको छ । बेल्ट एन्ड रोड परियोजना चलिरहेको दर्जनौ मुलुकका यस्ता आर्थिक उदाहरणले यो पुरै योजना को दायरा र चरित्र माथि पुन : विचार गराउनुको साथै ती मुलुकका सरकारलाई पुर्ण अवलोकन गर्न बाध्य बनाउन थालेको छ ।

अहिलेसम्म, कुनै पनि परियोजनालाई बेल्ट एन्ड रोडसंग जोड्दा (चाहे त्यो लाहौरमा मेट्रो निर्माण होस वा गुइजÞहौमा क्लाउड कंप्यूटिंग सेंटर) चीनले एकदम सहजरुपमा ऋण दिने गरेको छ । जुनक्रम अहिले नेपालमा पनि बढेको छ । तर यो सबै परियोजनांहरु एकदम फरक फरक रहेको सर्वविदिनै छ । चिनिया सामरिक रणनितिको मातहत लागु भइरहेको योजनाहरु नेपालको लागी कति हितकर छ ? त्यसको आर्थिक परिणाम तर्फ खासै केलाइएको देखिएको छैन । हो त्यो केहि नेता वा कर्मचारीहरुको लागी हितकर पक्कै हुन सक्छ । यो परियोजनाहरुको दुरगामी परिणाम बारे हामी नेपाली जनताको लागी कतिको हितकर छ , बुझनु जरुपनि उतिकै आवश्यक रहेको छ ।

ओरालो लागदो चिनको अर्थतन्त्र
चिनको खसकिदो अर्थतन्त्रको कारण बाह्या मात्र होइन आन्तरिक बिद्रोहको पनि सामना गर्नु परेको छ । चिनका ऋणी घर मालिकहरूले पनि अर्थतन्त्र ओरालो लागेको कारण देखाउदै धितो भुक्तानी गर्न बहिष्कार गरिरहेका छन् । ऋण विकासकर्ताहरूबाट सम्पत्ति किनेका चिनियाँ घर लिएकाहरूले आफ्नो अधूरो अपार्टमेन्टहरूको ऋण तिर्न अस्वीकार गरिरहेका छन् । चीनको अर्थतन्त्र ओरालोठेस लाग्दो छ । कर्जामा घर किनेको चिनीयाँहरु किस्ता तिर्न अक्षमता देखाइरहेका छन् ।

दशकौंसम्म, चीनमा सम्पत्ति खरिदलाई सुरक्षित लगानी मानिन्थ्यो । अहिले देशको मध्यमवर्गका लागि सम्पत्तिको जग निर्माण गर्नुको सट्टा घरजग्गा असन्तुष्टि र आक्रोशको स्रोत बनेको छ । चीनका १०० भन्दा बढी सहरहरूमा बिद्रोह र बहिष्कारहरूको बिग्रले बढकेको छ । ओरालो उनमुख अर्थतन्त्र , कोविडको लकडाउन, यात्रा प्रतिबन्ध र सरकारमाथिको अविश्वासको कारणले ढिलो ऋण तिर्न अक्षम भएको बताइदै छ ।

यसबाहेक, चीनको सामाजिक ऋण प्रणालीले व्यक्तिको यात्रा गर्ने, आफ्ना छोराछोरीलाई विद्यालयमा पुर्‍याउने वा भविष्यमा बैंकबाट ऋण लिन सक्ने क्षमतालाई सीमित गरेर ऋण तिर्न असफल हुने जस्ता उल्लङ्घनहरूलाई सजाय दिने प्रवधान छ । ए एनजेड रिसर्चले अनुमान गरेको छ कि बहिष्कारले बैंक ब्यालेन्स शीटमा बसेका लगभग २२२ बिलियन अमेरिकी डलरको घर ऋण, वा बक्यौता धितोकोले ठुलो असर गर्न सक्छ ।

चिनका अर्थतन्त्र दशकौंमा सबैभन्दा सुस्त वृद्धिको बाटोमा छ । यसका कारखानाहरूले संसारमा कम बिक्री गरिरहेका छन्, र उपभोक्ताहरूले घरमा कम खर्च गरिरहेका छन् । सरकारले युवा बेरोजगारी रेकर्ड उच्च पुगेको बताइ रहेको छ ।
“जीवन अत्यन्तै कठिन छ, र हामी अब मासिक धितो किन्न सक्दैनौं,“ चीनको मध्य हुनान प्रान्तका घरधनीहरूले जुलाईमा स्थानीय अधिकारीहरूलाई पत्र लेखे । “हामीले हताशबाट जोखिम उठाउनु गरेको छ ,यतिमात्र होइन बंधक हडतालको मार्ग समेत अनुसरण गर्नुपर्छ।“

धितो विद्रोहले एक दशक लामो आवासीय बबालबाटकोे सामना गरिरहेको सम्पत्ति बजारलाई नै हल्लाएको छ । यसले चीनमा सामाजिक स्थिरता र निरन्तर समृद्धिको सन्देशमा यस वर्षको अन्त्यमा पार्टीको नेताको रूपमा तेस्रो कार्यकालको लागि तटस्थ हुने अपेक्षा गरिएका राष्ट्रपति सी जिनपिङका लागि पनि अनावश्यक ठुलो जटिलता सिर्जना गरेको छ।
हालसम्म, सरकारले बहिष्कारले प्राप्त गरेको ध्यानलाई सीमित गर्न चकित पारेको छ ।

ऋणहरुको हडताल सूचनाहरूको प्रारम्भिक झडप पछि सोशल मिडियामा भाइरल भयो, सरकार बाध्य भएर इन्टरनेटहरुलाई सेन्सर गर्यो । तर अहिले पनि हडतालको प्रभाव भने फैलिन थालेको बताइन्छ । मध्य चीनको हेनान प्रान्तमा एक ग्रामीण बैंकले निकासी रोकेपछि, यसले निक्षेपकर्ताहरू र सुरक्षा बलहरू बीचको हिंसात्मक प्रदर्शन नै सुरु भयो । भर्खरका कलेज स्नातक पढने युवा बेरोजगारीको साथ काम खोज्न संघर्ष गरिरहेका छन् । साना व्यवसाय रोजगारीको सबैभन्दा ठूलो प्रदायक, कोभिडको लकडाउनको निरन्तर खतरामा बाँच्नका लागि लडिरहेका छन्।

रियल स्टेटले चीनको आर्थिक गतिविधिको करिब एक तिहाइ भाग लिन्छ, एक अनुमानहरू अनुसार, घरको सम्पत्तिको लगभग ७० प्रतिशत आवासले ओगटेको छ, जसले यसलाई अधिकांश चिनियाँ मानिसहरूको लागि सबैभन्दा महत्त्वपूर्ण लगानी बनाउँछ । यस कदमले धेरै फर्महरूको लागि नगदको संकट सिर्जना गर्‍यो जुन निर्माण परियोजनाहरूलाई निरन्तर्ता दिनको लागि ऋणमा सजिलो पहुँचमा निर्भर थिए। वित्तीय तनाव गहिरो हुँदा, एभरग्रान्ड र अन्य ठूला सम्पत्ति विकासकर्ताहरू पूर्वनिर्धारितमा सर्पिल भए, र यसको प्रभाव उद्योगमा फैलियो, ।

Leave A Reply

Your email address will not be published.