चीनको चेपुवामा प्रचण्ड सरकार, सन्तुलित परराष्ट्र नीतिको धज्जी उडाउँदै
काठमाडौं । निर्वाचनको जनादेशविपरीत पुस १० मा बनेको सत्ता गठबन्धनले व्यक्तिगत महत्वाकांक्षा र सत्ताको लालसालाई उजागर गरेको छ । साथै यो चिनियाँ कम्युनिस्ट पार्टीको सदभावमा भएको पनि स्पष्ट भइसकेको छ । सीपीसीकै जोडबलमा पुरानो कुरा बिर्सिएर केपी ओली प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार भएको लुकेको छैन ।