नगरप्रमुख साहले खल्तीबाट नगरप्रहरीको नियुक्ति बाट्दै
बाराको कलैया नगरपालिकाको नगरप्रमुख बिनोद साहले खल्तीबाट नगरप्रहरीको नियुक्ति बाट्दै गरेको रहस्य बाहिर आएको छ। नगर प्रमुख साहले आफ्नो कार्यकालमा खासै उपलब्धि नगरेपनि नगरप्रहरीमा खल्तीबाट नियुक्ति गरेका छन्। हाल कलैया उपमहानगरपालिकाको कार्यालयमा २२ जना जति नगरप्रहरीहरु कार्यरत रहेका छन्। जसमध्ये १० देखि १२ जना नगरप्रहरीलाई नगरप्रमुख साहले कुनै प्रक्रिया नपुर्याई खल्तीबाट नै नियुक्त गरेको जानकारी यस दैनिकलाई प्राप्त भएको छ। नगरप्रमुख साहले नगरप्रहरीमा नियुक्त गरी हालसम्म कुनै तालिम वा प्रशिक्षण नदिई कामकाज काममा खटाईरहेको जानकारी प्राप्त भएको छ। नगरप्रहरीमा नियुक्त हुन नेपाल प्रहरीको मापदण्ड अनुसार प्रकिया पुर्याई केहि दिनको तालिम सँचालन गर्नुपर्ने प्रावधान रहेको छ। तर नगरप्रमुख साहले आफु खुशी जसलाई पनि नगरप्रहरीमा नियुक्त गर्ने गरेका छन्।
नगरप्रमुख साहले पार्टीको कार्यकर्ता कार्यकर्ता जागिर दिनु पर्ने भए नगरप्रहरी वा कुनै पनि लेडिजलाई जागिरको आवश्यकता भए नगरप्रहरीमा नियुक्त गर्ने गरेका छन्। नगरप्रमुख साह जनताको सेवा भन्दा लेडिजको सेवा गर्नमा बढी ध्यान केन्द्रित गरेको समाजमा कुरा हुने गरेको छ। जागिर चाहिएमा नगरप्रमुख साह निर कुनै पनि लेडिज गए रित्तो हात फर्किनु पर्दैन। तर जेन्स भए तारिक पाउनु पर्ने स्थिति आएको कलैया आम समुदायले कुरा गर्ने गरेको पाइन्छ। कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नाथु साहसँग शनिबार कुरा गर्दा कलैया उपमहानगरपालिकाको कार्यालयमा करीब २० देखि २२ जना नगरप्रहरी रहेका छन्।
तर नगरप्रमुख साहको एक बर्षको कार्यकालमा मात्र १० देखि १२ जना नियुक्ति गरीएको छ। नगरप्रमुख साहको कार्यकालमा नियुक्त भएका नगरप्रहरीको हालसम्म कुनै किसिमको तालिम सँचालन भएको छैन। तर पछि तालिम दिने कुरा भएको छ। यसरी नगर प्रहरी जस्तो पदमा खल्तीबाट नियुक्ति दिने तथा तालिम पनि प्रदान नगरेको नगरप्रहरी कसरी काम काज गर्दै आएको होला भनि नागरिक समाजले प्रश्न समेत गरेका छन्। साथै प्रकिया पुर्याई दक्ष नगर प्रहरी नियुक्त गर्न आग्रह समेत गरेका छन्। साभार: शुभ आरम्भ दैनिक