वासिंगटन, एजेन्सी । चीनले विगत चार बर्ष देखि अमेरिका विरुद्ध गोप्य रुपमा जासुसी बेस चलाउदै आएको गम्भीर आरोप अमेरिकी अधिकारीहरुले लगाउदै त्यसको चीनले जवाफ दिनुपर्ने बताइएको छ ।
सन् २०१९ देखि क्युबामा चिनियाँ जासूसी आधार शिविरहरु चलिरहेको छ, राष्ट्रपति जो बाइडेनको प्रशासनका एक अधिकारीले पुष्टि गरे, जासूसी आधारको बारेमा रिपोर्ट आएपछि अमेरिका चीन प्रति आक्रमक भई त्यसको जवाफ माग गरेको हो ।
चिनियाँ दूतावासका एक अधिकारीले अमेरिकाले “अफवाह र चीन विरुद्ध निन्दा फैलाएको“ आरोप लगाएर जवाफ दिए । यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उक्त चिनियाँ जवाफको खण्डन गरेका थिए ।