बिरगंज , श्रावण १४ गते आइतबार ।
बिरगंज महानगर पालिका वडा नं ०२ छपकैयामा रहेको श्री ताराचन्द किशनलाल आधारभुत विधालयका छात्र तथा दलित छात्रहरुलाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ ।
वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा सो बिधालयमा अध्यनरत १९३ जना दलित छात्रहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका उप-प्रमुख इम्तियाज आलमले मन्तब्यको क्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरुले साथर्कताका साथ अध्ययनमा जोड दिदै आफ्नो जिवनको लक्ष्य हासिल गर्नतर्फ उन्मुख हुनु पर्ने बताए । छात्रवृत्तिले गर्दा दलित तथा विपिन्न परिवारका छोराछोरीको लागी आर्थिक सहयोग भएकोले गर्दा पढाई प्रति एकदम मेहेनत गरि पढनु पर्ने उनले बताए ।
विधालयले छात्रवृत्ति पारदर्शी रुपमा बाटेकोले खुसि लागेको र आउने दिनमा यस विधालयलाई बिरगंज नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । अहिले बिधालयमा भइरहेको भौतिक बिकाश बारे जानकारी लिदै आउने दिनमा विद्यालयको कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय बनाउने उनले बताए। यस विधालयमा मसंग कुनै किसिमको सहयोग चाहियो भने तपाईंहरु प्रत्यक्ष रुपले मसंग भेटि आफ्नो कुरा राख्न समेत आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेलि , वडा सदस्य बसिर मिया हजाम , मोहम्मद लतिफ अन्सारी , श्रीमती संगिता थापा भुजेल, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव ,उपमेयरका स्वकीय सचिव शेष कुमार हजरा,पत्रकार राहुल गुप्ताको उपस्तिथि रहेको थियो। विधालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौरसियाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण स्कुलका शिक्षक रेयाज साहले , स्वागत मन्तव्य अब्दुल आलमले र राजन जोशी सरले छात्रवृत्ति बारे प्रकाश पार्नु भएको थियो ।