रकम नदिएको निहुमा वीरगंज भन्सारका सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा ७० वर्षिय वृद्ध महिला लाइ निर्घात कुटपिट

बिरगंज १५ पर्सा

वीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट गरि वेहोस पारेको त्यहि क्रममा नियमित खबर का संचालक तथा सम्वाददाता साहेब हुसेनले वेवारिसे अवस्थामा बेहोश भएकी महिलाको भिडियो लिने क्रममा सशत्र प्रहरीका निरिक्षक विष्टको निर्देशनमा भिडियो लिइरहेको मोबाइल खोसेको तथा एउटा पत्रकार माथी गरेको अभद्र व्यवहार लाई घोर निन्दा पनी गर्दछौ ।
विष्टले तस्करहरू संग धेरै मात्रामा रकम असुली मालसामान ढुवानीमा सहयोग गर्ने तथा मोटो रकम नदिने को मालसामान पक्राउ गर्ने भनी विभिन्न स्थानीयहरुले बताएका छन् ।
सिमा सुरक्षाको साथै राजस्व संकलन मा अहम भुमिका निर्वाह गर्न खटाइएको सशत्र प्रहरीका टोलीले आफै रकम असुलनमा व्यस्थ देखीन्छ ।
तस्करहरू लाई चेक जाचै नगरी वीरगंजको मुख्य नाकाको साथै विभिन्न नाकाबाट मालसामान पास गर्ने तथा सर्व साधारणले घरायसी प्रयोगको लागी ल्याएको सामान कडाइका साथ चेक गर्ने तथा यातना, दुख: दिदै आएको स्थानीयले बताए ।

Comments (0)
Add Comment