रुसमा पाँच चिनियाँ नागरिकलाई प्रवेश गर्न रुसले अस्वीकार गरेपछि चीन आक्रोशित बनेको छ ।
मस्कोले पाँच चिनियाँ नागरिकलाई प्रवेश निषेध गरेपछि चीन र रुसबीच विवाद सृजना भई आक्रोशित बनेको हो ।
चिनियाँ दूतावासले काजाकिस्तानबाट रुस प्रवेश गर्न खोजिरहेका आफ्ना नागरिकहरूलाई रूसी अधिकारीहरूको क्रुर व्यवहारको आलोचना गरेका छन् । चिनियाँ नागरिकलाई चार घण्टाभन्दा बढी समय सम्म सोधपुछ गरिएको थियो र रुसले बर्बर र अत्यधिक क्रुर व्यवहार गरेको आरोप चीनले लगाइएको छ ।
आफना नागरिकलाई रुसले गरेको व्यवहार प्रति चीन क्रुद्ध भएपछि रुस संग विवाद सृजना भएको बताइएको छ । एजेन्सी ।