मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् ।
त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।
त्यस्तै बीआरआई कार्यान्वयनको योजनाका विषयमा छलफल हुने भन्दै प्रचण्डले चीनले एउटा परियोजना अनुदानमा अगाडि बढाइदेओस् भन्ने आफ्नो चाहना रहेको बताए । अनलाइनखबर