बिना सवारी चालक अनुमतिपत्र बेगर सार्वजनिक सवारी संचालन,ट्राफिक प्रहरी १००-२०० तथा महिनवारी असुल्नमा ब्यस्त।

कलैया  (बारा), भाद्र ०६  ।
वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा बाराबासी ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त हुनुका साथैं दिनहुँ जामको समस्या झेल्नु परेको छ भने जथाभावी भाडा असुली गर्दा उपभोक्ता मर्कामा पर्ने गरेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक व्यवस्थापनको लागि खटेका ट्राफिक प्रहरी पैसा असुल्नमा व्यस्त भएपछि उपमाहानगरमा सवारी जामको समस्या उत्पन्न भएको हो । उपमाहानगरमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरी खट्नुपर्नेमा पैसाको खाँचो भएपछि ‘जहाँ मन लाग्यो त्यही छड्के चेकजाँचको नाममा पैसा असुल्न थाल्ने कार्य शुरु गर्न थालेको गुनासो उठेको छ ।उपमाहानगरमा  चोक चोकमा ड्युटीमा खटेका ट्राफिक प्रहरी आफ्नो ड्युटी भन्दा पनि छेउको पसलमा गएर कुराकानी गर्ने गरेको कारण  उपमाहानगरमा  रुट मा न चल्ने सवारी  को पनि ठाडो उल्लंघन हुने गरेको पाइएको छ ।
त्यसैगरि ट्राफिक प्रहरी अहिले भरत चौक , पावरहाउस चोक, ट्राफिक  अफिस ,  गण्डक चौक र लक्ष्मणवा चोक लगायतको स्थानमा जुन बेला मन लागे आफ्नो व्यापार संचालन गरेझै चेकजाँच गर्न थाल्ने र पैसा असुल्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।  यी चौक मा ट्राफिक  प्रहरी ले माल बस्तु बोकेका सवारी बाट  अनिवार्य  रुपमा ओभर लोडिङ को बहाना मा रु १००- २०० रुपैया  लिने गरेका छन । बारा बासीले अहिले दिनहुँ ई–रिक्सा, टेम्पो, रिक्सा लगायतको सवारी साधनको जामबाट ग्रसित भएका छन् । विहानदेखि बेलुकासम्म जथाभावी रुपमा ई–रिक्सा, टेम्पोहरु उपमाहानगरमा संचालन भइरहेकोले उपमाहानगरमा  दिनहुँ जामको समस्या उत्पन्न हुने गरेको छ ।
ई–रिक्सा संचालनको लागि कुनै किसिमको मापदण्ड पनि बन्न नसकेकोले युवादेखि वृद्धवृद्धा तथा साना साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम उपमाहानगरमा  बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाई रहेकोले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्यालाई नित्म्याइ रहेको छ ।
यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरि लाइसेन्सको फारम समेत भरेनन्  । विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्ड भित्र ल्याउने   प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन ।मङलबार दिउँसो २:५५ को समयमा बिरगंज बाट  माल लोड आइरहेको ट्राक्टर लाई रोक्की स इ  दिलिप कुमार यादव को नेतृत्वमा खटिएका  त्राफिक सुजित  कुमार झा ले ना२ त ५६७४ बाट  रु १०० लि ट्राक्टर छाडेका थिए। यसरी ट्राफिक ले धान ,गहु,मल, इटा, पसल का खुद्रा समान ,लोड गरेका ट्रक ,ट्राक्टर,इरिक्सा, पिकप ,बाट कलैया ,गण्डक तथा बिर्गुन्ज को विभिन्न ठाँउ मा रु १०० का दर ले बिना फाइन काटि जने दिने गरेका छन । महिनवारी रुपमा कलैया -बिरगंज ,कलैया -मटिअर्वा ,कलैया -हर्नैया चौक,कलैया  गन्जभवानिपुर तथा देवकोटा चौक देखि उतर तर्फ चल्ने सार्वजनिक सवारी साधन को प्रतेक  प्रा लि बाट  ३०००-५००० रकम लि  बिना लाइसेन्स  सवारी चालन छुट  दिएका छन बाराका ट्राफिक  प्रहरिहरु।

Comments (0)
Add Comment