हमास विद्रोहीहरुको आक्रमणमा परेर इजरायलमा रहेका नेपालीहरुको मृत्यु भएका शोकमा भोली मंगलवार सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
आज सोमबार दिउसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले भनिन । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र नेपाल ल्याउन गृहकार्यमा नेपाल सरकार जुटेको समेत निर्णय भएको स्पष्ट पारिन् ।
पेलेष्टाइनमा रहेका हमासका विद्रोहीहरुले हजारौं राकेट प्रहार गरेर इजरायल माथि आक्रमण गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको दुखद निधन भएकोमा भोली नेपाल सरकारले शोकमा एक दिने विदा दिएको छ ।