बारा ,असोज १९
तरकारी उत्पादन उप -आयोजना तस्थाको संयुक्त आयोजनामा किसानहरुलाई सहुलियत रुपमा इलेक्टि्रकल स्प्रे टंकी वितरण गरिएको छ । कलैया उपमहानगरपालिका -२३मा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक विकास आयोजना ,आर्थिक करिडोर -कार्यालय बर्दिबास,महोत्तरीको लगानीमा तरकारी उत्पादन उप-आयोजना व्यावसायिक योजना ” अन्तर्गत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२३मा रहेको श्री कुश कृषि सहाकारी सस्था लिमिटेडको कर्यालयबाट उक्त टंकी वितरण गरेका छन् ।
सहाकारी समुहका २६ जना किसानहरुलाई सो इलेक्टि्रकल स्प्रे टंकी वितरण बारे कुश सहकारी संस्थाले यश कुश दैनिकलाई जानकारी दिएका छन् ।वितरण कार्यक्रममा कलैया उपमहानगरपालिका -२३का वडाध्यक्ष अमिन अंसारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै वडा नम्बर -२३ वडाध्यक्ष पदका प्रत्यासी सरोज प्रसाद समेतको उपस्थिति रहेको थियो ।आर्थिक करिडोर कार्यालय बर्दिबास ,सम्पर्क कार्यालय बाराका प्रतिनिधि संजय साहको रोहबरमा उक्त इलेक्टि्रकल स्प्रे टंकी वितरण गरिएको हो ।