काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित ५८ वर्षीय होङग होङग बुधबार बिहान पक्राउ परेका हुन् ।
उनलाई कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।