Online News Portal

६१ किलो सुन प्रकरणको अनुसन्धान नसकिँदै गएको तीन दिनमै थप १० किलो सुन बरामद, सात जना पक्राउ

306

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको ६१ किलो सुनको कारवाही चलिरहकै बेला तस्करी गरेर ल्याएको थप १० किलो सुन प्रहरीले बरामद गरेको छ । बुधबार यता दोलखा र विमानस्थल भन्सारमा गरी १० किलो सुन समातिएको हो । विमानस्थलमा बरामद भएको सुन प्रहरीको ध्यान खिचिएपछि तस्करहरुले ट्रान्जिट परिवर्तन गर्दै सुन ल्याउन थालेको छ ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७.२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो । उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए ।

शुत्रबार नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दोलखाबाट थप ३ केजी सुनसहित एक जनालाई पक्राउ गरेको थियो । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको उक्त परिमाणमको सुनसहित शुक्रबार बिहान दोलखाको जामुनेबाट केशव तामाङलाई पक्राउ गरिएको थियो । बुधबार मात्र दोलखाको सिंगटीबाट ४ किलो सुनसहित एक महिला र चार ४ पुरुष गरी पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । शुक्रबार बरामद सुन पनि चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान सीआईबीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । तस्करीले पछिल्लोपटक रुट फेरेर उत्तरी नाकाबाट स्थल मार्ग हुँदै सुन तस्करी गरेको पाइएसँगै नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय भएको छ ।

अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले बताए । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।

सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी कार्य गरिरहेको छ । आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको थियो । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्र्याएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत पुष १० मा विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी र साउन २ मा स्कुटरको ब्रेकशुमा राखेर ६० केजी सुन तस्करी भएको घटनामाथि प्रहरीले व्यापक अपरेशन सुरु गरेर ७ चिनियाँसहित दर्जनौंलाई पक्राउपश्चात मुद्दा चलाएपछि रुट परिवर्तन गरेको ठानिएको छ । पछिल्लो चरणमा चीनसँग जोडिएको विभिन्न नाका खुलाउँदै लगेसँगै तस्करी पनि मौलाएको पाइएको छ । नेपालबहस

Leave A Reply

Your email address will not be published.