विश्वको सबैभन्दा ठूलो बैंक आइसीबीसी र्यान्समवेयर आक्रमणको चपेटामा
बेइजिंग, एजेन्सी । विश्वको सबैभन्दा ठूलो कमर्शियल बैकको रुपमा रहेका आइसीबीसी र्यान्समवेयर आक्रमणको चपेटामा परेका छन् ।
इन्डस्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना (आइसीबीसी) अमेरिकी शाखामा बिहीबार र्यान्समवेयर आक्रमण भएको थियो ।
सम्पत्तिको आधारमा विश्वको सबैभन्दा ठूलो ऋणदाता आइसीबीसी को अमेरिकी शाखाले आफ्नो केही प्रणालीलाई अवरुद्ध पार्ने आक्रमणको अनुसन्धान गरिरहेको र त्यसबाट पुनः प्राप्ति तर्फ प्रगति गरिरहेको बताएको छ ।
लकबिट भनेर चिनिने र्यान्समवेयर गिरोहले आक्रमण गरेको आशंका गरिएको छ ।
श्रोतः बीक्यु प्राइम