समाजिक संजालमा तस्वीर शेयर नगर्न चीनको चेतावनी
चीनले आफ्ना देशवासीहरूलाई संवेदनशील सैन्य उपकरणको फोटो अनलाइन सेयर नगर्न सल्लाह दिएको छ। चीनले सैन्य उपकरणको तस्बिर अनलाइन पोस्ट गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ। CNN को रिपोर्ट अनुसार यो चेतावनी चीनको काउन्टर इन्टेलिजेन्स एजेन्सी WeChat मा पोस्ट गरिएको हो।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार राज्य सुरक्षा मन्त्रालयले शनिबार (डिसेम्बर २३) आफ्नो WeChat खातामा संवेदनशील सैन्य उपकरणको फोटो खिच्नेलाई जेल सजाय हुन सक्ने बताएको छ। मन्त्रालयले थप भनेको छ, ‘विना अनुमति संवेदनशील सैन्य उपकरणको फोटो खिच्नु राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा खतरामा पार्ने कार्य हो।’
राज्य सुरक्षा मन्त्रालयले यस्ता तस्बिरले देशको संवेदनशील सूचनालाई पर्दाफास गर्न सक्ने र त्यसको फाइदा विदेशी शक्तिले उठाउन सक्ने बताएको छ । मन्त्रालयले हालैका वर्षहरूमा टेलिफोटो लेन्स र ड्रोन जस्ता व्यावसायिक उपकरणहरू प्रयोग गरी सैन्य एयरपोर्ट, बन्दरगाह र सैन्य उपकरणहरूको गोप्य रूपमा फोटो खिच्ने घटनाहरू भएका छन्। यस्तो अवस्थामा सरकारले यस्ता व्यक्तिलाई दिएको यो अन्तिम चेतावनी हो ।
यसअघि सन् २०२१ मा पनि यस्तै व्यक्तिलाई गोप्य तस्बिर खिचेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । त्यही वर्ष, झेजियाङ प्रान्तको जियाक्सिङमा एक व्यक्तिलाई सेनाको संवेदनशील तस्बिरहरू चुहावट गरेको आरोपमा १४ महिनाको जेल सजाय सुनाइएको थियो।