आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको विभिन्न उल्लङ्घनका लागि ३६ करोड ९० लाख अमेरिकी डलर बराबरको ‘प्रशासनिक जरिवाना’ बुझाउन भनेको हो ।
ईयू सदस्य आयरल्याण्डको डीपीसीले समूहको सामान्य तथ्याङ्क सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि टिकटकको उमेर प्रमाणीकरण विधिहरू पनि हेर्दा कुनै उल्लङ्घन फेला पारेन । तर प्लेटफर्मले सेवामा दर्ता गर्ने युवाहरूको जोखिमको उचित मूल्याङ्कन नगरेको बताएको छ ।
टिकटकका संयुक्त राज्य अमेरिकामा १५० मिलियन र युरोपियन युनियनमा १३४ मिलियन प्रयोगकर्ताहरू छन् । यो खासगरी युवाहरू माझ अत्यन्त लोकप्रिय छ ।
जरिवानाको जवाफमा टिकटकले फैसलासँग सम्मानपूर्वक असहमत जाहेर गरेको छ । उसले कसरी अगाडि बढ्ने भन्ने बारे सोचविचार गरिरहेको प्रतिक्रिया दिएको छ ।
‘डीपीसीको आलोचना तीन वर्ष पहिलेको सुविधा र सेटिङ्समा केन्द्रित छ, र यो हामीले अनुसन्धान सुरु हुनभन्दा पहिले नै परिवर्तन गरेका थियौं,’ टिकटकका प्रवक्ताले एएफपीसँग भनेका छन् । एएफपीको सहयोगमा