भारत सरकार द्वारा नेपालगन्ज रान्झा एयरपोर्टमा पठाएको राहत सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय बाकेले सार्वजनिक गरेको छ । जाजरकोट र पश्चिम् रुकुममा गएको भुकम्पका पीडितहरुको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सान्झा गरेको सन्देश अनुसार ( भारतिय जनताद्वारा नेपाली जनतालाई सहयोग ) उल्लेख गरेको सन्देश सहित भारतिय राजदुत नवीन श्रीवास्तवले उप-प्रधानमन्त्री एवं रक्षा मन्त्री पुर्ण बहादुर खडकालाई हस्तान्तरण गर्नु भएको थियोे । हस्तान्तरण कार्यक्रममा बाकेका प्रमुख जिल्ला अधिकारी , कर्मचारी , पत्रकार सहितको उपस्थिति रहेको थियो । सोमवार कार्तिक २० गतेका दिन अपरान्हमा भारतिय बिमानबाट प्राप्त राहत सामग्रीको बिवरण यस प्रकार रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।
१) टेन्ट ( ठूलो खालको ) — १४ पिस र सोही संख्यामा त्यस्को फिटिङ डन्डी ।
२) टेन्ट ( सानो खालको ) — ६५ पिस
३) स्लिपिङ ब्याग —१,११२ पिस
४) ब्ल्यांकेट –१,२३० पिस
५ ) मेडिकल सप्लाई ( विभिन्न प्रकारका औषधि र मेडिकलजन्य सामग्री ) — १५०० k.g.
उल्लेखित सामग्रीका अतिरिक्त विभिन्न दाताहरुबाट बांके प्रशासनलाई प्राप्त राहत सामग्रीहरु समेत थप गरि जाजरकोट र रुकुम पस्चिम का लागि राती ९.०३ बजे नै १/१ ट्रक पठाईएको छ ।
यस अघि सोही दिनको बिहान ९.३० बजे पनि दुवै जिल्लाका लागि १/१ ट्रक राहत पठाईएको प्रमुख जिल्ला अधिकारी
श्रवण कुमार पोखरेलले जारी गरेको सुचनामा उल्लेख छ ।