बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् ।
चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् । राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने भएका छन्। सान फ्रान्सिस्कोमा हुने भेटवार्तामा दुई देशबीच विविध विषय छलफल हुने ग्लोबल टाइम्सले जानकारी दिएको छ। उनीहरूबीच विश्व समुदायलाई नै असर गरिरहेको अन्तर्राष्ट्रिय मुद्दमा पनि छलफल हुने बताइएको छ।