चीनबाट सुन तस्करी र सुनको गहना सहित पक्राउ

काठमाडौँ– रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरूलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् । खबरहब 

Comments (0)
Add Comment