Online News Portal

ट्राफिक प्रहरी को कारण अटो ब्यपार मर्कामा

498

श्री लक्ष्मी मोर्टस प्रा.लि वीरगंजका संचालक अरुण कुशवाहाले वीरगंज महानपालिका भित्र संचालित तिन पाँग्रे सवारी साधानको व्यवस्थापन नहुदा आफु पिडित बनेको बताएका छन । उनले तिनपाँग्रे सवारी साधानकै कारण आफुलाई करोडौको आर्थिक क्षतिपुगेको दावी गरेका छन । कुशवाहाले वीरगंज महानगरपालिका, ट्राफिक प्रहरी,यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय संग भएको निर्णय कार्यन्यवन गर्न पनि माँग गर्नुभयो । उहाँले वीरगंज महानगरपालिका कार्यालयमा मिति २०७६ मंसिर २४ गते भएको निर्णय र  २०७७पुस २२गते भएको निर्णय कार्यन्वन नगर्दा आफनो व्यवसाय धारापमा परेको आरोप लगाए ।  वीरगंज महानपालिका भित्र संचालित तिन पाँग्रे सवारी साधान जस्तै ईरिक्सा, अटो रिक्सा  र टेम्पाले अनिवार्य रुपमा लाईसेन्स, ब्लुबुक ,जाँचपास ,परमिट लिनुपर्ने बताएका छन । उहाँले सवारी साधानमा सिट क्षमता लागु गर्न माँग गर्दै क्षमता भन्दा बढि यात्रु बसालि गाडी चलाउने चालकलाई कडा कारवाहीको माँग गर्नुभयो । कुशवाहाले वीरगंज महानगरपालिकाले बनाएको कार्यबिधि यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ पुर्णरुपमा लागु गर्नुपर्ने माँग गरेका छन । उहाँले उच्च अदलात अस्थाई ईजलास वीरगंजको प्रमादेश पनि कार्यन्यवन गर्न आग्रह गर्नुभयो । कुशवाहाले संघले प्रत्येक सवारी साधनबाट उठाएको रकम संघमा जम्मा नगरी ठाँउ ठाँउमा चेकजाँच गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीलाई खुवाउन प्रयोग हुने गरेका आरोप लगाउनुभयो

Leave A Reply

Your email address will not be published.