Online News Portal

बिरगंज मा भारतीय नगरिकको दोह्रो नागरिकता, एक बय्क्ती दुई देश को नागरिक

1,202

बिरगंज पर्सा
२०७८/१२/१२
भारतिय नागरिक बच्चा साहको सम्मपुर्ण परिवारहरुले साविक जिल्ला पर्सा बगही वार्ड न:-३ र हाल बिरगंज महानगरपालिका वार्ड न-२८ बाट वंशजको आधारमा नै नागरिक्ता लिएका हुन। भारतको बिहार राज्य स्थित आदापुर थाना अवस्थित पन्चायत काला श्रीसिया इनर्वा-४ का स्थाई वासिन्दा महादेव साह सोनारका छोराहरु रामनाथ साह सोनार निजकी श्रीमती कान्ति देवी रामनरेश साह सोनार भन्ने बच्चा साह निजकी श्रीमती मन्जु देवी स्व:शम्भु साह निजकि श्रीमती पार्वती देवी र छोरा गोपाल साह सोनार लगायत दिग्मबर साह असर्फी साह लगायतका सम्मपुर्ण परिवारहरुले नेपाल सरकारलाई झुठो विवरण पेशगरी नेपाली नागरिकता लिन सफल भएका छन। भारतिय नागरिक निजहरुका बुवा महादेव साह सोनारको नागरिकता नै नरहेको बेला यिनिहरुले कसरी वंशजको आधारमा नागरिकता लिएका हुन। त्यो भने अनुसन्धानको बिषय बनेकोछ। र यो बिषयमा जिल्ला प्रशासन कार्यालय पर्सा गृहमन्त्रालय प्रधानमन्त्री कार्यालयमा समेत जानकारी हुँदापनि अहिलेसम्म कार्यवाहीको दायरामा नल्याउनु निकै शंकास्पद रहेकोछ। पटकपटक यहि बिषयमा पत्रपत्रिका तथा समाचारमा सम्प्रेषण भएतापनी स्थानीय प्रशासनले कुनैपनी किसिमको कार्यवाही अगाडी बढाएको छैन। द्वैध नागरिक भारतमा बच्चा साह र नेपालमा रामनरेश साह सोनारको नामले चिनिएका व्यक्ति विभिन्न अपराधीक क्रीयाकलापमा पनि संलग्नता रहेको मिडियामा सार्वजनिक भएको हो। भारतको मोतिहारी अदालतमा अहिलेसम्म उसको विभिन्न मुद्दाहरु विचाराधीन अवस्थामा रहेको श्रोतले जनाएकोछ। बिरगंजमा जयमा दुर्गे ज्वेलर्स र मा दुर्गे मनि चेन्जर तथा मा दुर्गे मनि ट्रान्सफरको आडमा सुनतस्करी भारतिय रुपियाको अवैध कारोबार तथा हुण्डी समेत गरेर अवैध तरिकाले कमाएको रकमले बिरगंजमा दर्जनौं ठाँउमा घर जग्गा जोडन सफल भएका छन। त्यसैगरी निजका दाजु रामनाथ साह सोनार पनी सुनको तस्करी तथा भारतिय तथा नेपाली रुपियाँको अवैध कारोबारमा र माइस्थान दुईनम्बर रोडमा आर.के.ज्वेलर्स नामक पसल संचालनमा राखेर त्यसैको आडमा निजका छोराहरू सन्दिप सरार्फ प्रदिप सरार्फले अवैध हुण्डीको कारोबार गरि बुवालाई राम्रै सघाएका छन। केहिदिन अगाडी काठमाडौं न्युरोडका शुद्धन भन्ने सुन व्यपारीको ३ केजी सुन पच्च पारेर धनी भनेका रामनाथ साह सोनारले निकट दिनमै बिरगंज तथा नेपालको र भारतको समेत ठाउँहरुमा घर जग्गा जोडन सफल भएका छन्। त्यसैगरी स्व:शम्भु साह का जेठो छोरा गोपाल साह सोनारले समेत मनोकामना मनि चेन्जर र सुनपसलको आडमा जालीनोट र हुण्डी तथा भारतिय अवैध रुपियाको कारोबार गरि बिरगंज आसपासको एरियामा दर्जनौं ठाउँहरुमा घर जग्गा जोडन सफल भएका छन्। त्यसैगरी दिगम्बर साहका छोराहरु अनिल सरार्फ असर्फी साहको छोराहरू रामजी साह शंकर साह हरु समेतले यस्तै कारोबारमा लागेर आफ्नो दिनचर्याहरु बिताउदै छन। मिति २०७८ कार्तिक १ गते जिल्ला प्रशासन कार्यालय पर्सामा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय लाई समेत बोद्दार्थ हुनेगरी देशभक्त नेपालीको नामले नागरिकता छानबिनको लागि दिएको निवेदन जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीले पेन्डुलम मा राखेर के प्रमाणित गर्न खोजेका हुन त्योभने बुझ्न गाह्रो भएकोछ। निजहरूको सम्पत्ति जाचबुझ गर्न समेत सम्पत्ति शुद्धीकरणमा निवेदन परेको छ। यस्ता गम्भीर बिषयमा गृहमन्त्री तथा प्रधानमन्त्री कार्यालय समेत चुपलागेर बसेको देखिँदा गम्भीर प्रश्न चिन्ह खडा भएकोछ। संबंधित निकायले कार्यवाही नगरे अब कसले कार्यवाही गर्ने नेपाल सरकारको मातहतमा रहेका कार्यालयहरु घुषमा नै सिमित रहेको हो अथवा नेपालसरकारको तलब भत्तामा चलेको हो त्योभने हेर्न बाकी रहेकोछ।

Leave A Reply

Your email address will not be published.