Online News Portal

भारतद्वारा श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामाग्री प्रदान

153

जेठ २२,
भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामाग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामाग्री पठाइएको भारतको भनाइ छ ।
कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामाग्री शुक्रबार हस्तान्तरण गरेका हुन् । आर्थिक सङ्कटका कारण स्वास्थ्य सामाग्रीहरु किन्न नसकेको र देश भित्र पनि अत्याधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामाग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामाग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।
आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामाग्री लगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।
यी सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो । “हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका छौँ,” श्रीलङ्कास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ ।

Leave A Reply

Your email address will not be published.