Online News Portal

हिन्दु समुदाय माथी पाकिस्तान सरकार र त्यहाँका अतिवादी संगठन हरु द्वारा वारम्बार निसाना

145

पाकिस्तान दक्षिण एसियामा रहेको एक ईस्लामिक देश हो  यहाँ धार्मिक स्वतन्त्रता माथी खुलेर बोल्न पाइदैन।थोरैको संख्यामा बसोबास गर्ने हिन्दु,बौद्ध लगायत धार्मिक आस्था राख्ने समुदाय माथी गरिने दमन हत्या हिंसाले गर्दा पाकिस्तान आलोचित बन्दै गइरहेको छ।

हिन्दु समुदाय माथी पाकिस्तान सरकार र त्यहाँका अतिवादी संगठन हरु द्वारा वारम्बार निसाना गरिरहेको र यस्तो किसिमका आक्रमणको नेपाल लगायत बिभिन्न मुलुक हरुमा रहेका सामाजिक संगठन हरुले बिरोध जनाउदै आइरहेका पनि छन।

अल्पसंख्यक रुपमा पाकिस्तानमा बसोबास गर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बी हरु समुदाय माथी धार्मिक आस्थाकै भरमा आक्रमण गर्ने गरिएको छ।पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरिएको,हिन्दु हरु माथी अत्याचार एब दमन ,पाकिस्तान सरकारले हिन्दुहरु लाई दोस्रो दर्जाको व्यबहार गरेको र धम्की दिदै धर्म परिवर्तन गराउने गरेको भन्दै न्याय ,स्वतन्त्रता र प्रजातान्त्रमा बिश्वास गर्ने नेपाल रिपब्लिक पार्टी ईस्लामिकले यस्ता घटनाहरुको विरुद्धमा ससक्त बिरोध गर्दै आइरहेको छ।

हिन्दुहरु जस्तै बौद्ध ,सिख र इसाइ समुदाय प्रती पनि दोस्रो दर्जाको व्यबहार गर्नुको साथै अत्याचार दमन र धर्म परिवर्तनका प्रयासहरु पाकिस्तान सरकार र त्यहा आन्दोलन गरिरहेका विभिन्न कटरपन्थी संगठनहरुले गरिरगेको रिपोर्टहरु बाहिर आएका थिए।

नेपालमा न्याय, स्वतन्त्रता र प्रजातान्त्रको लागि बिश्वास गर्ने नेपाल रिपब्लिक पार्टीले केही समय अगाडी यस्ता घोर मानबता बिरोधी ,प्रजातान्त्र बिरोधी र वर्वरता पुर्ण कार्य तत्काल बन्द गरि हिन्दु लगायत सम्पुर्ण धर्मावलम्बीहरु लाई समान व्यबहार र आफ्नो धर्म आस्था निर्बाध रुपले अपनाउन सक्ने बाताबरण बनाउन उक्त पार्टीले माग गरेको थियो।

चिनले उइगर मुसलमान हरु माथी गरेको चरम यातनामा एक सब्द नबोल्ने पाकिस्तानले आफ्नो मुलुकमा रहेका अरु धर्मालबी हरुलाइ अतिवाद संगठनहरुको  सहयोगमा चरम यातना दिनु धार्मिक स्वतन्त्रता विरुद्धको ठूलो खतरा हो।पाकिस्तानमा भइरहेका यस किसिमका अप्रजातान्त्रिक गतिविधिको विरुद्धमा प्रजातन्त्र र मानव अधिकार कर्मि समग्र बिस्वले एक स्वरमा प्रतिवाद गर्नु पर्ने अबस्था आएको छ।पाकिस्तानले विविधता युक्त समाबेशि मुलुक बनाउने घोषणा गरेको भएपनी पछिल्लो समय पाकिस्तानमा रहेका अरु धर्मावलम्बीहरु माथि न्यायोचित व्यबहार नभएको आरोप छ।

धार्मिक रुपमा उत्प्रेरित अतिवादी हरु तथा त्यहाका गैर राज्य पक्षका केही समुहहरुले हिन्दु समुदाय र मठमन्दिर माथि आक्रमण गर्ने गरेका छन।धार्मिक बिबेध ,जबर्जस्ति धर्मान्तरण र अल्पसंख्यक समुदाय माथी भएका आक्रमणका घटनामा सरकारले कार्बाही नगरेकोले गर्दा चिन्ता थपिएको छ।

पाकिस्तानमा भएका यस्ता धार्मिक आक्रमण हरुले के पुष्ठि गर्छ भने धार्मिक सहिष्णुता गर्ने कार्यमा पाकिस्तान असफल साबित भएको छ।पाकिस्तानमा धार्मिक र साम्प्रदायिक अल्पसंख्यक हरुलाइ चरम भेदभाव र हिंसाको सामना गर्न बाध्य पारिएको छ।पाकिस्तानको संविधानले मुलुकका अन्य धार्मिक समुदायहरुलाइ अस्पष्ठ रुपमा अल्पसंख्यक उल्लेख गर्दै विभेद गर्दै आइरहेको छ।यस्तो बिभेदको पाकिस्तान भित्रै बाट ससक्त बिरोध हुँदै आइरहेको छ तर पाकिस्तान सरकार भने यश बिसयमा अझै मौन रहेको छ।

Leave A Reply

Your email address will not be published.