Online News Portal

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक भाेलि मनाउने

181

एजेन्सी,
जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक मनाउने भएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शिन्जाे आबेप्रति निकै सम्मान रहेकाे बताउँदै भाेलि शनिवार देशमा राष्ट्रिय शाेक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएकाे हाे ।

उहाँले ट्विटरमा लेख्नुभएकाे छ, ‘म आफ्नाे सबैभन्दा प्यारा साथीमध्ये एक शिन्जाे आबेकाे निधनमा स्तब्ध र दुःखी छु । उनी एक महान् नेता र प्रशासक थिए । उनले जापान र विश्वलाई एक राम्राे ठाउँ बनाउनका लागि आफ्नाे जीवन समर्पित गरे ।’

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार भएको थियाे । गाेली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे ।

Leave A Reply

Your email address will not be published.