Online News Portal

‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह

305

काठमाडौं । चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् ।

काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् ।

ठगुना एमाले अध्यक्ष ओलिका बिश्वासका पात्र र चिनसंग निकट सम्बन्ध भएको नेताको रुपमा चिनिएका छन् ।
बेला बेला उहाँले भारत बिरोधि गतिविधि गराउन चिनियाँ लगानिमा कार्यक्रम आयोजना गर्ने गरेका छन्

माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् । श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् ।

नेपालको सत्तालाई प्रयोग गरेर चीन विरोधी गतिविधिको थलो नेपाल हुन नपाओस् भनेर चाहन्छ’, श्रेष्ठले भने, ‘अमेरिका–चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ । नेपालमा अहिले पनि अमेरिका कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत विक्षत गर्न चाहन्छ ।’

नेपाल चीन हिमालयन मैत्री समाजको नाममा चीनको पक्षमा माहोल बनाउन ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयमा विचार गोष्ठि राखिएको थियो । गोष्ठी एमाले नेता ठगुन्नाको पहलमा भएको थियो ।

नेता ठगुन्नाले भारत विरुद्धमा सांसद चर्को अभिव्यक्ति दिदै आएका छन् । एमाले नेता ठगुन्ना चिनियाँ गतिविधिमा संलग्न रहेर सिमामा रहेका जनताले दु:ख आउने गरेको स्थानीयहरुको गुनासो गर्ने गरेका छन् ।

अमेरिका, भारत र पश्चिमा राष्ट्रहरूविरुद्ध विषबमन हुने गरेर डा.दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजलाई कार्यक्रम गर्न चीनले पैसाको खोलो बगाएको आरोप लागेको छ । साभार: एसीपी न्यूज

 

Leave A Reply

Your email address will not be published.