Online News Portal

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

113

इस्लामावाद । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानको इन्टाग्राम अकाउन्ट ह्याक भएको छ । पाकिस्तनको पूर्व प्रधानमन्त्री एवं पूर्व प्रख्यात क्रिकेट खेलाडी समेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट ह्यायक हुनु पाकिस्तानको सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह खडा हुनु स्वभाविकै हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए ।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।

ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.