Online News Portal

जनकपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राजकुमार साह पदमुक्त

329

जनकपुरधाम । जनकपुर जेसीज २०२२ का अधयक्ष राजकुमार साह पदमुक्त भएका छन् । बुधबार विशेष सधारण सभाबाट उनलाई पदमुक्त गरिएको हो ।

आर्थिक अनियमितताको आरोप लागेपछि विशेष साधारण सभामा सदस्यहरुले उनलाई पदमुक्त गरी कार्यकारिणी उपाध्यक्ष  राजेन्द्र  साहलाई अध्यक्ष बनाइएको जेसीजका महासचिव अजय कुमार गुप्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभामा पाँच वटा एजेण्डा प्रस्तुत भएको थियो । एजेण्डा नम्बर ४ अनुसार राजकुमार साहमाथि आर्थिक अनियमितता, कार्य क्षमता/नेतृत्वको अभाव, जेसीजको आस्था र भावना विपरीत गुट उपगुट सिर्जना गरेको आरोप लागेको थियो । सो सम्बन्धमा जेसीजका अन्य पदाधिकारीहरुले स्पष्टीकरण माग गरेका थिए ।

स्पष्टीकरणलाई वेवास्ता गरी कुनै जवाफ नदिएको हुनाले बहुमत सदस्यले विधानको धारा ३० बमोजिम पदभार मुक्त गर्न प्रस्ताव गरेको थियो । सोही अधारमा सदस्यहरुले सर्वसहमति गरी उनलाई पदमुक्त गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।

बाँकी रहेको कार्यकाल उपाध्यक्ष रहेका राजेन्द्र कुमार गुप्तालाई सम्हालन जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.