Online News Portal

नेपालमा दादागिरी देखाउने चीन यसरी आयो ‘ट्रयाकमा’

178

एक समय थियो, नेपालमा चीनले जे भन्यो त्यही हुन्थ्यो । यहाँ सम्मकी मन्त्री र प्रधानमन्त्री फेर्नेसम्मको हस्तक्षेप थियो । दुई कम्युनिस्ट एमाले र माओवादी मिलाएर चीनले आफूले चाहेको सबै कुरा पूरा गराइरहेको थियो ।

महंगो ऋण परियोजना बीआरआईमा सहभागिता, जलविद्युत आयोजनाहरु बिना प्रतिस्पर्धा ठेक्कादेखि कम्युनिस्ट विचारधाराको प्रवर्द्धनसम्मका गतिविधि भए ।

यतिसम्मकी चीनले नेपालको सीमा मिच्दा नेपाली कम्युनिस्टहरुले मिचेको छैन भनेर वक्तव्य निकाल्नुपर्ने अवस्था आयो । चीनका अगाडि नेपालका कम्युनिस्टहरु यतिसम्म लाचार हुनुको पछाडि उसले नै एकता गरी शक्तिमा स्थापित गरेको थियो । तर समयसँगै यो अवस्था परिवर्तन भएको छ ।

नेपालमा कम्युनिस्ट शासन हुँदा थर्काउने चीन अहिले आएर ट्रयाकमा आएको छ । कम्युनिस्टहरुले सञ्चालन गरेको चीनमुखी कुटनीतिलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले करेक्सन गर्दै ट्रयाकमा ल्याएको छ ।

विगतमा कम्युनिस्टहरुमाथि चढेर रजगज गरेको चीनले अहिले समान हैसियतमा नेपाललाई व्यवहार गर्न थालेको छ । कांग्रेसले स्वतन्त्र परराष्ट्र नीति अंगालेसँगै चीन ट्रयाकमा आएको हो ।

जसको पुष्टि हालै परराष्ट्रमन्त्री डा नारायण खड्काको भ्रमणका क्रमबाट भएको छ । भ्रमणका क्रममा चीनले नेपालका सबै माग पूरा गरेको छ । यसले नेपाली कांग्रेसले सबै विषयमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको प्रमाणित भएको छ ।

तर कम्युनिस्टहरूले चीनको निर्देशन पालन गर्छन् र चीनबाट कुनै माग गर्दैनन् भन्ने विगतले देखाएको छ । चीनले जे भन्छ, कम्युनिस्टहरूले गर्छन् र लाचार छन् भन्ने दुइतिहाइ कम्युनिस्ट सरकारले देखाइसकेको छ ।

Leave A Reply

Your email address will not be published.