पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री इमरान खानले एक पटक फेरी पनि भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरे
काठमाण्डौ, २ भाद्र –पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री इमरान खानले एक पटक फेरी पनि भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरेका छन् । उनले रुससित भारतले तेल खरिद गरेकोमा पश्चिमेली देशहरुद्वारा गरिएको भारतको आलोचनाको प्रतिवाद पनि गरेका छन् । लाहोरमा एक विशाल जनसभालाई सम्बोधन गर्दै इमरान खानले स्लोभाकियामा आयोजित ब्राटिस्लाभा फोरममा देखिएको भारतका विदेश मन्त्री एस। जयशंकरको भिडियो क्लिप चलाएर रुसबाट सस्तो तेल नकिन्ने अमेरिकी दबाबप्रति दृढतापूर्वक उभिएकोमा भारतीय विदेशमन्त्रीको प्रशंसा गरे । यदि पाकिस्तानसँगै एकैं समयमा स्वतन्त्रता प्राप्त गरेको भारत नयाँ दिल्लीले दृढ अडान लिन सक्छ र आफ्नो जनताको अखण्डता अनुसार आफ्नो विदेश नीति तिनीहरु निर्धारण गर्न सक्छन भने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ को हुन रु जसले पाकिस्तानका जनतालाई लाइनमा उभ्याई रहेका छन् ।
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले भेलामा सार्वजनिक गरेको भिडियो धेरै मिडिया आउटलेटहरुले सार्वजनिक गरेका थिए । अमेरिकाले भारतलाई रुसबाट तेल खरिद नगर्न आग्रह गरे तर अमेरिकाको रणनीतिक सहयोगी भएर आफ्नो जनताको स्वार्थमा अमेरिकाको कुरा मानेन र स्वतन्त्र विदेश नीति अनुशरण गरेको छ । जबकि पाकिस्तान त अमेरिकाको रणनीतिक सहयोगी पनि छैन । अमेरिकाले रुसको तेल नकिन्न आग्रह गर्दा भारतीय विदेश मन्त्री अमेरिकालाई ठाडो जवाफ दिएका थिए कि युरोपले रुसबाट ग्यास खरिद गर्दैछ र आवश्यकता परेमा हामी पनि ग्यास खरिद गर्छौ भनेका थिए । स्वतन्त्र देशको विदेश नीति यस्तै हुनु पर्दछ भन्दै उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ रुसी तेल खरिदमा अमेरिका सामु दबाबमा थिए । हामीले पनि रुससित सस्तो तेल किन्ने कुरा सुनेका थियौ तर सरकार नै डरपोक भएपछि के गर्ने रु इन्धनको मुल्य आकाशिदो छ, जनता गरिबी रेखामुनि छन्, तसर्थ जनताको क्रयशक्तिमा ह्रास आएको छ । आफ्नो पार्टी यस विकृति र दासताको विरुद्धमा संघर्ष गरिरहने चेतावनी इमरान खानले दिएका छन् । हाल पाकिस्तानी जनता महंगो जीवनयापन गर्न बाध्य बनाइएको आरोप पनि उनले लगाए । पाकिस्तानका पूर्व प्रधानमन्त्री समेतले भारतीय विदेश नीतिको प्रशंसा गर्नु लाई सराहनीय नै मान्नु पर्छ ।