Online News Portal

समाजमा आपसी सदभाव भए मात्र शान्ति र विकास सम्भव

144

बारा, २७ भदौ

समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सदभाव परियोजना अन्र्तगत श्री दर्गा उ.मा.वि, बरेवा, कलैयााका ५० जना विद्यार्थीहरुलाई कलाका विभिन्न विधिहरुको माध्यले संवाद कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्यमान रहेका समाजिक कुरुति झल्कने चित्र, बोर्ड गेम, कार्टुन, भिडियो आदिको प्रयोग गरि गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले समाजमा सदभाव भए मात्र शान्ति र विकास सम्भव भएको कुरा बताएका छन। समाजमा विद्यमान रहेका विभिन्न समाजिक सवालहरुमा रहेका मतभेद तथा द्धन्दलाई कसरी समाधान गर्न सकिन्छ तथा समाजमा समाजिक सदभाव , विश्वास तथा शान्तिको अवस्थालाई कसरी उच्च स्तरमा वृद्धि गरी समाजमा एकता ल्याउने चित्रमा देखाइएका विभिन्न आयामहरुबारे विद्यार्थीहरु संग छलफल गरि विभिन्न प्रश्नहरु मार्फत उनीहरुमा समाजमा विभिन्न पाटाहरुबारे सचेतन गराइएको थियो । ”

हामीलाई चित्र देखाएर त्यस चित्रमा के भइरहेको छ त्यसबारे भन्न लागउनु भयो तथा त्यसपछि के त्यस्तो हाम्रो समाजमा भइरहेको छ वा भएको छ ? भन्ने प्रश्न गरि हामीसंग त्यसको उत्तर खोज्न लगाउनु भयो त्यसपछि त्यसमा हामी युवा विद्यार्थीेले के गर्न सक्छौ ? भन्ने प्रश्नको उत्तर खोजी गर्दा हामी पनि समाजका विभिन्न सवालहरुलाई समाधान गर्न सक्छौ भन्ने कुरा भित्री मनमा लाग्यो । भनेर कार्यक्रममा सहभागि एक बहिनीले भनिन । उक्त कार्यक्रम बारा जिल्लाका तीन जना सहजकर्ता जुही मेहता, राजेश प्र.कुशवाहा, अनिल कुमार कुशवाहाले सहजीकरण गरेका थिए ।

सामाजिक परिवर्तन केन्द्र (CSC) सन् २०१५ मा स्थापित एक गैर–सरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दछ । IFA (Institut für Auslandsbeziehungen) संस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश १ को सुनसरी जिल्ला, मधेस प्रदेशको बारा जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन भइरहेको छ । बारा जिल्लाका दुई पालिका कलैया उपमाहानगरपालिका तथा फेटा गाँउपालिकामा संचालन भइरहेको छ तथा संवादका यस्ता आठ वटा शत्र संचालन गर्ने योजना रहेको संस्था फिल्ड अफिसर विक्की महतोले जानकारी गराउनु भयो ।

Leave A Reply

Your email address will not be published.