Online News Portal

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आग्रहलाई लत्याउदै चिनियँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बैठकमा सहभागी

127

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आग्रहलाई लत्याउदै चिनियँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारीले बुधबार सुरु भएको बैठकमा भर्चुअल सहभागिता जनाएकी हुन्।

जीएसआई चीनको सुरक्षा रणनीति नया सुरक्षा अवधारणा हो। पछिल्लो समय संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अन्तर्गत विभिन्न समूह बनाएजस्तै चीनले पनि नया सुरक्षा अवधारणालाई अघि सार्दै जीएसआईको घोषणा गरेको हो। गत अप्रिल २१ मा चिनिया राष्ट्रपति सी जिनपिङले घोषणा गरेको यस कार्यक्रममा सहभागी हुन र सदस्य राष्ट्र बन्न चिनिया कम्युनिस्ट पार्टीले बारम्बार आग्रह गर्दै आएको भए पनि नेपालले अस्वीकार गर्दै आएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेकोले उक्त बैठकमा सहभागी हुन नसक्ने बताए पनि राष्ट्रपतिले भने बुधबार बैठकलाई सम्बोधन गरेकी हुन्। चिनिया कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

शीतलनिवास स्रोतले भन्यो, ’राष्ट्रपतिले रेकर्डेड भिडियो सन्देश पठाएर बैठकमा सहभागिता जनाउनु भएको हो। उहाले आफनो सन्देशमा सुरक्षा संलग्नताका विषयमा कुनै कुरा उठाउनु भएको छैन। निसशस्त्रीकरण, अन्तर्राष्ट्रिय शान्ति र कुनै पनि सैन्य गठजोडको पक्षमा नेपाल नरहने कुरालाई जोड दिनुभएको छ।’

सरकारले मुख्यसचिवमार्फत राष्ट्रपतिलाई बैठकमा सहभागी नहुन सन्देश पठाएको थियो। तर, राष्ट्रपति कार्यालयका अधिकारीले परराष्ट्र मन्त्रालय सगको समन्वयमा नै सहभागी भएको दाबी गरेको छ।

बुधबार गठबन्धन दलका शीर्ष नेताको बैठकमा राष्ट्रपतिको सहभागिता लगायतका विषयमा छलफल भएको थियो।

काठमाडौंस्थित चिनिया दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई पत्र पठाउदै उक्त बैठकमा सहभागी हुन आग्रह गरेको थियो। दूतावासका अनुसार ’विश्व शान्ति र स्थायित्व कायम राख्न ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ भन्ने विषय रहेको उक्त बैठक अनलाइन र भौतिक उपस्थितिमा सञ्चालन हुने भएकोले सहभागी हुन आग्रह गर्दै पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको थियो। तर, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भने यसका उद्देश्य स्पष्ट भइनसकेकोले बैठकमा सहभागी नहुन राष्ट्रपतिलाई सुझाएका थिए।

सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले बुधबार आयोजित एक सम्मेलनमा राष्ट्रिय सुरक्षाको पुनर्संरचना गरी सैन्य बललाई थप सुदृढ गर्ने बताएको सिन्ह्वाले उल्लेख गरेको छ। विगतका सुधारात्मक अनुभवले नया परिस्थिति सग जुध्ने सैन्य तयारी गर्नुपर्नेमा उनको जोड थियो।
१६ सेप्टेम्बरमा उज्वेकिस्तामा भएको सांघाई को–अपरेसन अर्गनाइजेसनको २२औं बैठकमा सहभागी नेताहरुले पनि चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभबारे चिन्ता व्यक्त गरेका थिए। उक्त चिन्ताको जवाफ दिदै राष्ट्रपति सीले यो अन्तर्राष्ट्रिय समुदायका लागि लाभकारी हुने बताएको ग्लोबल टाइम्समा उल्लेख छ।

’पारस्परिक सम्मान, समानता र पारस्परिक लाभकारी सहयोगको भावनामा नया प्रकारको सम्बन्ध, साथै मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न जीएसआई अघि सारिएको हो,’ भनेका थिए। चीनले अघि सारेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) जस्तै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) भएको र यसले बहुपक्षतालाई केन्द्रमा राख्ने उनको भनाइ थियो।

त्यसैगरी जीएसआईबारे चिनिया विदेशमन्त्री वाङ यीले पनि चीनले यस क्षेत्रमा नया सुरक्षा अवधारणा निर्माण गर्न मध्यपूर्वका देशहरू र अन्तर्राष्ट्रिय समुदायसग मिलेर काम गर्ने अवसरका रूपमा ग्लोबल सेक्युरिटी इनिसिएटिभको कार्यान्वयन गर्न तयार रहेको बताए। सिधार्थ

Leave A Reply

Your email address will not be published.