Online News Portal

बाम शक्ति एक गराउन असफल भएकी नेपालका लागि हाल चिनियाँ राजदूत रहेकी होउ यान्छीलाई आसियान देशहरुको संगठन हेर्ने जिम्मेवारी

149

काठमाडौं । चीन सरकारले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ । बाम शक्ति एक गराउन असफल भएकी नेपालका लागि हाल चिनियाँ राजदूत रहेकी होउ यान्छीलाई आसियान देशहरुको संगठन हेर्ने जिम्मेवारी दिइएको छ । यान्छीले आगामी डिसेम्बरदेखि दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने बताइएको छ ।

नेपालका लागि नयाँ चिनियाँ राजदूतको नाम टुंगो नलागे पनि यान्छी नेपालबाट चाँडै बिदा हुने भएकी छन् । नेपालमा रहँदा उनलाई नेपालका कम्युनिष्टहरु एक बनाउने जिम्मेवारी पाएकी थिइन् । तर, उनी यसमा पूर्ण असफल भएपछि चीन सरकारले यान्छीलाई यसअघिनै फिर्ता बोलाउने तयारी गरेको थियो । यद्यपि उनले यो भन्दा ठूलो जिम्मेवारी पाएकी छन् ।

चीन सरकारले उनलाई २०१७ डिसेम्बरमा नेपालका लागि राजदूत बनाएर पठाएको थियो । तत्कालिन नेकपाको विवाद र विभाजनका समयमा यान्छीले पुनः एकताका लागि सक्रिय भूमिका निभाएकी थिइन् । नेकपाको विवादमा यान्छीले चासो मात्रै नराखे र विभाजन रोक्न शीर्ष नेताहरूलाई भेटेर चिनियाँ सरकारको सुझाव र आग्रह सुनाउने गरेकी थिइन् ।

उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानस्थित चिनियाँ दूतावासको जिम्मेवारी सम्हालेकी थिइन् । यान्छीले चीनको विदेश मन्त्रालयमार्फत यासियान क्षेत्र हेर्दै आएकी थिइन् । यसैले पनि हाल उनलाई सो क्षेत्रको जिम्मेवारी दिइएको हो । यान्छी गएपछि नेपालका लागि चीनले कस्तो राजदूत पठाउँछ भन्ने एकिन भने भएको छैन् । नेकपा विभाजन पछि पुनः एक गराउन उनले चिनियाँ नेताहरुलाई नेपाल भ्रमणमा बोलाउने काम गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.