Online News Portal

४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन राजीनामा

92

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ ।

ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उहाँको आलोचना हुँदै आएको थियो ।

प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि ट्रस झन संकटमा पर्नु भएको थियो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउँदै राजीनामा दिनु भएको थियो । बेलायतको इतिहासमा प्रधानमन्त्री ट्रस सबैभन्दा थोरै समय प्रधानमन्त्री पदमा बसेर बाहिरिनेमा पर्नु भएको छ । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङले प्रधानमन्त्री पद सम्हाल्नु भएको थियो ।

प्रधानमन्त्री ट्रसले आफूले बेलायतको वर्तमान अवस्थालाई हेरेर राजीनामा दिएको प्रतिक्रिया दिनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । दिन प्रतिदिन बिग्रँदै गएको बेलायतको अर्थतन्त्रको बीचमा, ट्रसका धेरै निर्णयहरूले उहाँको राजनीतिक भविष्यलाई संकटमा पार्दै लगेको थियो । नयाँ प्रधानमन्त्री चयन नभएसम्म ट्रस नै प्रधानमन्त्री रहनुहुनेछ ।

बेलायतको कन्जरभेटिभ पार्टी भित्रै प्रधानमन्त्री चयनका लागि मतदान गरिनेछ । ट्रस गत महिना मात्रै प्रधानमन्त्री बन्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.