Online News Portal

पर्सा क्षेत्र नं. ४ मा डा.अजय कुमार यादवको जनमानसमा चर्चा

172

बीरगंज १९, कार्तिक

अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका नेता रमेश रिजाल, जसपा एमाले गठबन्धनबाट जालिम मियाँ र जनमत पार्टीबाट डा. अजय कुमार यादव प्रतिनिधी सभाको चुवानी मैदानमा छन् । तिनवटै नेता मध्य शिक्षित, सुयोग्य युवा डा. अजय यादवलाई त्यस क्षेत्रका मतदाताहरुले बढि रुचाएका देखिएको छ । यहाँबाट दुई पार्टीका अग्रज नेता सहित चुनावी मैदानमा उत्रेका एउटा शिक्षित र सबल युवा डा. अजय कुमार यादव रहेकोले सबैको चासो र चर्र्चाको विषय बनेको छ । डा. यादवले पहिलो पल्ट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।

नेपाली काँगे्रका नेता रमेश रिजाल र एमालेका नेता जालिम मियाँ कयौ पटक उम्मेदवारी दिएका थिए र जितेर पनि त्यस क्षेत्रमा विकास निर्माणको कार्य जनताको चाहना बमोजिम गर्न गराउन नसकेकोले यस पाली डा. यादवको परला भारी देखिएको छ । घर दैलो कार्यक्रममा डा यादवको साथमा त्यस क्षेत्रका बुद्धिजीवी, भरभलादमी र युवा पिढीले हर्षोउल्लासका साथ मतदाताहरुको घर घर पुगि जनतालाई डा. यादवलाई जिताउनका लागि कम्मर कसेर लागेका छन् । डा. यादवले जनताको लागि जनताकै चाहना अनुसार विकास निर्माणका कार्य तथा शैक्षिक संस्था लगायत कृषि तथा यातायात सम्बन्धि कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.