Online News Portal

सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ : बाइडेन

325

एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताउनुभएको छ । भोलिदेखि इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलनका क्रममा दुई शक्ति देशका राष्ट्रपतिबीच भेट हुन लागेको हो ।

बाइडेन र सी बीच पहिलो प्रत्यक्ष भेट हुन लागेको हो । अमेरिकामा केही दिनअघि भएको मध्यावधि चुनावमा बाइडेनको पार्टी डेमोक्र्याटले अनपेक्षित सफलता हासिल गरेको छ भने तेस्रो कार्यकाल चीनको राष्ट्रपति सम्हाल्नुभएका सी देशमा थप शक्तिसम्पन्न बन्नुभएको छ ।

अहिले शक्तिशाली देशहरु अमेरिका र चीनबीच अन्तर्राष्ट्रिय व्यवस्थाप्रति फरक मत रहँदै आएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच व्यापार, मानव अधिकार तथा ताइवान रुस–युक्रेन मामिलामा विवाद रहेको छ ।

जी–२० सम्मेलनमा जानुअघि एसियाली नेताहरूसँग भेट गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच निकै थोरै मात्र मतभिन्नता रहेको भन्दै विवादका बिन्दु पत्ता लगाउने बताउनुभयो।

उत्तर कोरियाले छिट्टै साताैँ पटक आणविक परीक्षण गर्ने अनुमानबीच बाइडेनले चीनलाई उत्तर कोरियामाथि नियन्त्रणका लागि आग्रह गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.