Online News Portal

पाकिस्तानको लाहोर र रावलपिण्डी जेलका २५ प्रतिशत कैदीबन्दी लागूपदार्थका दुर्व्यसनी

155

काठमाडौँ– पाकिस्तानको लाहोर र रावलपिण्डी जेलमा रहेका २५ प्रतिशतभन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ । पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा २५ प्रतिशत कैदीमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको उल्लेख गरिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार रावलपिण्डीको अदियाला जेलको क्षमता २ हजार १ सय ७४ रहेपनि त्यहाँ ६ हजारभन्दा धेरै कैदी राखिएको छ । तीमध्ये १४ सय भन्दा धेरै कैदीहरुमा लागूपदार्थ दुर्व्यसनको समस्या रहेको पाइएको छ ।

त्यस्तै, लाहोरको जिल्ला कारागारमा रहेका ३८ सय कैदीमध्ये ९ सय कैदीले लागूपदार्थको सेवन गर्दै आएका छन् । यसबाहेक ती जेलमा कैदीहरुलाई शारीरिक, मानसिक एवम् यौनजन्य यातना समेत दिने गरिएको डनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.