Online News Portal

वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यू द्धारा उद्घाटन

261

सशस्त्र प्रहरी बल नेपाल १३ न. गण हेड क्वाटर पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको २३ लाख आर्थिक सहयोगमा नव निर्मित महिला ब्यारेक भवनको उदघाटन भएको छ । वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यू द्धारा गरिएको छ उक्त कार्यक्रममा नगर उप प्रमुख श्री इम्तियाज आलम ज्युले हाम्रो शान्ति सुरक्षाको लागि दिन रात खटने सुरक्षा निकायका कार्यालयहरुलाई सहयोगको लागि आतुर रहने छु र आउने दिनहरुमा यस ब्यारेकको लागि भवन तथा सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुको साथै हाल महानगरको लगानीमा सडक ढलान निर्माण कार्य छिटो सुरु हुने समेत बताउनु भयो । सो कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश छित्रमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी महानिरीक्षक श्री गणेश बहादुर ठाडा मगर रहनु भएको थियो । विशिष्ठ अतिथीमा वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम त्यसै गरि अतिथीहरुमा जगरनाथपुर गा. पा. का अध्यक्ष श्रीकान्त यादव, नेपाली सेना श्रीजगं गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की, जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्सा प्रहरी सहायक उपरिक्षक दिपक कार्की लगायतका अतिथीहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको समापन कार्यक्रमका सभा अध्यक्ष तेज प्रसाद पोख्रेलले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.