भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास
चितवन, मंसिर । भारतको सहयोगमा निर्माण हुने तटबन्धको एक कार्यक्रम बिच बुधबार शिलान्यास भएको छ ।
भारतीय सहयोगमा चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माणको शुभारम्भको बुधबार बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयूक्त रूपमा शिलान्यास गरेको हो ।
भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी को रूपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १०, सुल्तानामा निर्माण हुने दुबै तटबन्ध परियोजनाको अनुमानीत गरेको ४० लाख र ६० लाख रहेको बताइएको छ ।
शिलान्यस कार्यक्रममा बोल्दै महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्ठित आयोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न भारत सरकारको पूर्ण सहयोग समेत आश्वासन दिए ।
सन् २००३ देखि, भारतले नेपालमा ५३२ एचआईसीडीपीहरू लिएको छ र नेपालका सबै प्रदेशहरुमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७५ परियोजनाहरू पूरा गरेको छ । तीमध्ये चितवन जिल्लाका ९ आयोजना सहित वागमती प्रदेशमा १०३ एचआईसीडीपी परियोजना रहेका छन् ।