Online News Portal

नेपाल-भारत सिमा कर्मा- हर्दाैना क्षेत्रमा धमाधम रक्सी पसल खुल्दै, लागू पदार्थ र हातहतियार भित्रिने प्रबल सम्भावना

140

कपिलवस्तु , पुस ६ । जिल्लाकाे बार्डर क्षेत्रमा धमाधम रक्सी पसल बढ्दै जांदा अवैध मालसमानकाे तस्कारी बढ्नुका साथै आन्तरिक सुरक्षामा चुनाैति थपिदै गएकाे छ ।

नेपाल-भारत सिमा क्षेत्रका सा-साना गल्ली, बाटाे तथा नजिकका गाउंमा समेत धमाधम रक्सी पसल खुलेका छन । भारतभन्दा नेपालमा रक्सी रस्ताे भएकाले अधिकांश मध्यमवर्गीय भारतीय सिमा क्षेत्रका पसलमा पुग्छन र अबेर रातिसम्म फर्क्ने गरेकाे स्थानीय प्रत्यक्षदर्शी बताउँछन । जिल्लाकाे बग्ही, कर्मा , लाेहटी ,भील्मी, कुशहवा- बढनी, अल्गी, हर्दाेना क्षेत्रका भारतसंग जाेडिएका सा-साना गल्ली-बाटाेमा व बगैंचा ,गाउंतिर पनि काठकाे टंकी, छाप्राे र केही पक्की पसल संचालनमा रहेका छन । सर्वसाधारण सजिलै दुवैतिर आवतजावत गर्न सकिने भएकाले रक्सी पसल हुँदै लागु पदार्थ र हातहतियार ओसारपाेसार पनि सजिलै हुन सक्ने देखिएकाले आन्तरिक सुरक्षामा चुनाैती थपिएकाे देखिन्छ । साथै भारतीय नम्बर प्लेटका बाइकमा रक्सी खान नजिकका पसल पुग्ने र अवैध मालसमान ओसारपसार सजिलै गर्न सकिने हुनाले बार्डर आउट पाेष्टहरु बढी चनाखाे हुनुपर्ने देखिन्छ ।

खासगरी नेपाल-भारत सिमा जाेडिएका गाउंमा दुवैतिर सजिलै आवत जावत हुने गरेकाे छ जसकाे फाइदा सा-साना रक्सीका पसलहरुले उठाइरहेका छन । ती पसलमा आउने अधिकांश भारतीय नै हुन्छन तर सिमामा खटिएका सुरक्षाकर्मीकाे आँखा छलेर रक्सी लगायत मालसमान पनि ओसारपाेसार गरिरहेकाे स्राेतले जनाएकाे छ । मुख्य नाका कृष्णनगरबाट निकासी-पैठारी राेक लगाइएका मालसमान पनि ओेसार पाेसार भईरहेकाले राज्यकाे लागि राजस्व घाटा हुनुका साथै सुरक्षाका दृष्टिकोणले पनि चुनाैतीपुर्ण रहेकाे सुरक्षा जानकार बताउँछन् ।

Leave A Reply

Your email address will not be published.