Online News Portal

भारतीय कम्पनी हमदर्दका उत्पादन नेपाली बजारमा

195

काठमाडौं । भारतीय कम्पनी हमदर्द इण्डियाले विभिन्न उत्पादनहरु नेपाली बजारमा उपब्ध गराएको छ ।

सन् १९०६ मा स्थापित हमदर्दले आफ्ना विभिन्न उत्पादनहरु नेपाली बजारमा बिक्री गर्न थालेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका विश्व व्यपार प्रमुख पंकज बेनर्जीले आइएसओ तथा जीएमपी प्रमाणित हमदर्द युनी ब्राण्डका उत्पादनहरुको नेपालमा बिक्री सुरु गरिएको जानकारी दिनुभयो ।

रोगन बदाम शिरिन, क्यालोन्जी, रोगन अमला तेल, आर्क गुलाव तेल, प्याजको तेल र पुदिना मिश्रित लिक्विरव तेल बजारमा उपलब्ध गराइएको उहाँले बताउनुभयाे । यि उत्पादनहरु नेपालमा लाइफ केयर डिष्ट्रिव्युटर र प्लानेट हेल्थ केयरले बिक्री गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.