प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए ।
भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ। नेपालका लागि भारतीय राजदूत श्रीवास्तव आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरिएका श्रोतले जनाएका हुन् ।
सो अवसरमा नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए । बिहीबार अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।