बिरगंज महानगरको १२ औं अधिवेशन सम्पन्न , ४ अर्ब ७८ लाख ८३ हजार बजेट प्रस्तुत ।
बिरगंज , पुष २२ गते शुक्रबार ।
बिरगंज महानगरको नगर सभाको १२ औं अधिवेशन आज सम्पन्न भएको छ ।४ अर्ब ७८ लाख ८३ हजार बजेट प्रस्तुत भएको थियो । अधिवेशनमा बिनियोजन ऎन २०७९ मा चालू आर्थिक बर्षको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रहेको थप आम्दानीलाई स्विकार महानगरले बिनियोजन ऎनलाई संशोधन गरेको छ ।महानगरले आफ्नो बजेट ४ अर्ब ७८ लाख ८३ हजार पास गरेको छ ।सडक बोर्ड तर्फ १ करोड ६५ लाख, गतबर्षको नगद मौज्दात ६२ करोड ९० लाख ५७ हजार ५ सय २२ रुपैया थप भएको छ भने आन्तरिक राजस्वमा २ करोड ६० लाख थपिएको छ ।
यसै गरि नगर सदस्यका जायज मागलाई मेयर राजेशमान सिंह , उपमेयर ईम्तियाज आलम र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी ढकालले सम्बोधन गरि सबै माग पूरा गरेका थिए ।बिरगंज महानगर अधिवेशनमा वडा सदस्यहरुले विभिन्न माग पत्र प्रस्तुत गरेका छन् । वीरगंज महानगरपालिका वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष समेत रहेका नगर सभा सदस्य अमोद कुमार यादवले सबै नगर सभामा सदस्यहरुको तर्फबाट भन्दै विभिन्न माग प्रस्तुत गरे । उनले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण निर्वाचन आयोगले गरेको ३ लाख रुपैयाँ जरिवाना विरुद्ध कानुनी लडाईँ लडिदिन आग्रह गरे । महानगरपालिकाको कानूनी सल्लाहकारले मुद्दा गरेर यसबाट निकास दिनुपर्ने उनको भनाइ थियो ।
महानगरभित्रका वडा मार्फत भइरहेका विकास निर्माणका कार्यको अन्तिम भुक्तानी वडा कार्यालयबाटै हुनुपर्ने अर्को माग छ । कार्यवहाक अध्यक्षको जिम्मेवारी दिँदा आर्थिक अधिकार पनि दिनुपर्ने, वडा सदस्यलाई महानगरपालिकामा आवासीय सम्पर्क कार्यालय हुनुपर्ने माग वडा सदस्यहरुको छ । ‘वडा अध्यक्षले कार्यवहाकको अधिकार दिँदा सबै अधिकार दिने तर आर्थिक अधिकार नदिने गरिन्छ । वडा अध्यक्षहरुले ७ दिन भन्दा बढी कार्यवहाक दिँदा आर्थिक निर्णयको अधिकार समेत दिनुपर्छ’, उनले भने, ‘महानगरपालिकामा जाँदा मेयर वा उपमेयर कार्यकक्षमा बस्ने ठाउँ हुँदैन, नगर सभा सदस्य टाढाबाट आउँदा कहाँ जाने कहाँ बस्ने ? महानगरपरिसर भित्र अवासीय सुविधा सहितको सम्पर्क कार्यालय हुनुपर्छ ।’
प्रत्येक महिना १० लिटर इन्धन, प्रतिव्यक्ति ४ हजारका दरले बैठक भत्ता दिनुपर्ने र वर्षमा ४ वटा बैठक हुनुपर्ने, वडा सदस्यहरुको लागि १० लाख रुपैयाँ दुर्घटना बीमा हुनुपर्ने, वर्षमा २ वटा अन्तर नगर विकास अवलोकन भ्रमणका लागि लैजानुपर्ने, समिति, उपसमिति, न्यायिक समितिमा पनि नगर सभा सदस्यलाई समेत स्थान दिनुपर्ने माग वडा सदस्यहरुको रहेको उनको भनाइ छ । ‘नेपालका अन्य महानगर, नगरले कसरी विकासको सुरुवात गरेका छन्, त्यसको अध्ययन अवलोकन गरेर विकासको जग बसाउन फलदायी हुने विश्वास लिएका छौं’, उनले भने ।
वडा सदस्यहरुको सेवा सुविधा अत्यन्त न्यून छ भन्दै बैठक भत्ता बाहेक सेवा सुविधा २० हजार हुनुपर्ने माग हकहित संरक्षण समितका अध्यक्ष आमोदले राख्दा हलबाट तालीको गडगडाहट गुञ्जियो । उनी त्यतिकैमा रोकिएनन्, ‘वडा सदस्यको काम कर्तव्य र अधिकार के हो ? हामीले के गर्न सक्छौं, हामीले के गर्नुपर्छ । काम कर्तव्य र अधिकारको बारेमा सुुसुचित हुनका लागि कार्यशाला गोष्ठी हुनुपर्छ । महिनामा हुन्छ वा सालमा हुन्छ गरिदिनुपर्छ । यसले जनप्रतिनीधिलाई अगाडि बढ्न सघाउ पुग्छ ।’
आकस्मिक स्वास्थ्य समस्या पर्दा पेस्की रकम लिएर खर्च गर्न पाउनुपर्ने माग वडा सदस्यहरुको छ । ‘आकस्मिक समस्या आउँदा घरमा पैसा नहुन सक्छ । महानगरबाट पेश्की लिएर अस्पतालको समस्या समाधान गरी अस्पतालको बील पेस गरेर पछ्र्यौट गर्न पाइयोस’, आमोदले भने । माग प्रस्तुत गर्ने क्रममा आमोदले सिर्सिया नदीलाई अतिक्रमण तथा प्रदुषण मुक्त बनाउन गर्नुपर्ने काम तत्काल गर्न आग्रह समेत गरे ।