Online News Portal

समयमै मलखाद र विउको व्यवस्थापन गर्न सकारलाई दबाव दिनेछु : प्रमुख अतिथि सांसद् चौरसिया

232

वीरगंज २३ पुस ।

वीरगंज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको शनिवार १८ औं वार्षिक साधारणसभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष दिनानाथ प्रसाद यादवको अध्यक्षतामा भएको सो साधारणसभामा आर्थिक आम्दानी तथा खर्चको प्रतिवेदन संस्थाका प्रमुख लेखापाल मनोज यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०७९ आसार सम्म कुल पुंजी तथा दायित्व ३२ करोड ७९ लाख ४० हजार ३ सय ८८ रुपैया ७२ पैसा रहेको जनाएका थिए । संस्था कृषि हाट बजार, ब्याज छुट आम्दानी, टेक्टर आम्दानी, प्रवेश तथा अन्य शुल्क, रेमिट आम्दानी, जोखिम कोषबाट आम्दानी लगायतका शिर्षकहरुबाट ४ करोड ७१ लाख १९ हजार २ सय १३ रुपैया ५६ पैसा आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी २ करोड ३१ लाख ३३ हजार २ सय ५६ रुपैया ४४ पैसा रहेको यादवले बताए ।

साधारणसभाको उदघाटन शत्रको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाले २०६२ साल देखि सञ्चालनमा आएको यो संस्था जम्मा पूंजी ५९ लाखबाट सुरु गरी हाल करोडौमा पु¥याएकोमा बधाई तथा शुभकामना दिएका थिए । यस सहकारीका सम्पूर्ण सञ्चालक समिति, शेयर सदस्यहरुले निस्वार्थ भावनाले सहकारीको मुल्य मान्यता अनुसार काम गरेकै कारण संस्थाले प्रगति गरेको बताए । सहकारीले आफ्नो शाखाहरु बिभिन्न पालिकाहरुमा स्थापना गर्न सफल भएको र अन्य स्थानहरुमा पनि उपशाखा विस्तार गर्न सकोस भनी कामना गर्दै यस सहकारी र यस क्षेत्रका स्थानियहरुको लागि आवश्य भौतिक पूर्वाधारको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । हालको समयमा यस सहकारीमा १४४० जना शेयर सदस्यहरु रहेको र अझै विस्तार गर्न सुझाव दिदै साना सहकारीबाट सहज र सुलभ व्याजदरमा ऋण प्रवाह गर्न, कृषिको लागि मलखाद, बिउ बिजन पनि उपलब्ध गराउदै आइरहेकोले संस्थाको अझै प्रगतिको कामना समेत प्रमुख अतिथि चौरसियाले गरेका थिए । किसानलाई चाहिने मात्रामा मलखाद र विउ अहिले पनि उपलब्ध हुन नसकेकोले उपलब्ध गराउन सरकालाई दबाव दिने बताए ।

संस्थाका प्रमुख लेखापाल मनोजकुमार यादवले सहजीकरण गरेको सो कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल, संस्थाका ईलाका प्रबन्धक बृष्ण कुमारी शर्मा, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि ध्रुव महतो, वीरगंज महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा नं. २८ का वडाध्यक्ष सरजुग महतो, घरेलु तथा साना उद्योग कार्यालय पर्साका धनन्जय कुमार सिंह, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र पर्साका राम किशोर सिंह लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रमोद यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.