Online News Portal

बाल अधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम सुरु ।

165

 

वीरगन्ज २४ पर्सा । कृष्ण  कुशवाहा । पकाहाँ मैनपुर गाउँपालिकाको सहयोग तथा ज्योती बहुउद्देश्यीय मीडिया प्रालिको आयोजनामा बाल अधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम बारे ५ दिने तालिम आज देखि सुरु भएको छ ।

कार्यक्रममा उद्घघाटन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्ने तथा बालबालिकाको संरक्षणका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए । बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू बनिसकेको भएपनि व्यवहारिक रूपमा कार्यान्वयन गर्न जरूरी रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू कार्यन्वयन भएको अवस्थामा मात्रै बाल अधिकार सुनिश्चित हुने अध्यक्ष मेहताले बताए ।

पुष २४ गते आईतबार देखि २८ गतेसम्म गाउँपालिकाको वडा नं ४ मा रहेको श्री ब्रहंस्थान नेराप्रावि लहावरठकारीमा सञ्चालन हुने बाल अधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम तालिममा पालिकाका ३० जना बालबालिकाको सहभागिता रहने कार्यक्रमका अध्यक्षता गरिरहनु भएका वडा नं ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादवले जानकारी दिए ।

तालिममा बाल अधिकार, शिक्षाको अधिकार, बाल अधिकारको वर्तमान अवस्था, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषणः कारण र परिणाम, बाल अधिकार चेतना समूहका काम कर्तव्य र विद्यालयमा रहेका समस्याहरूको पहिचान लगायतका विषयमा छलफल गरी तालिम दिइने आयोजक संस्था अध्यक्ष कृष्णा कुशवाहाले बताए ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष मुकुट चौहान , ३ का वडा अध्यक्ष संजय चौहान , ५ का वडा अध्यक्ष बलिराम प्रसाद चौरसिया , ब्रहमस्थान नेराप्रावि प्रधानाध्यापक उमेश यादव , गाउँपालिका अध्यक्ष सुरेश मेहताका प्रतिनिधि सुनिल प्रसाद चौहान , प्रशिकक्षक संदिप कुमार तिवारी लगायत ३० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.