आर्थिक संकटको बीचमा भारतद्धारा श्रीलंकालाई ७५ यात्रु बस उपलब्ध गराए
एजेन्सी । आर्थिक संकटबाट जुढिरहेका श्रीलंकालाई भारतले ७५ वटा यात्रुबाहक बस सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।
भारतले स्वतन्त्रता पछि टापु राष्ट्रले सामना गरिरहेको सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकालाई ७५ यात्रुबाहक बस हस्तान्तरण गरेका हुन् ।
कोलम्बोमा रहेको भारतीय उच्चायोगले आइतवार भने, “सार्वजनिक यातायात पूर्वाधार सुदृढ गर्न भारतीय सहयोगबाट श्रीलंकामा ५०० बसहरू आपूर्ति भइरहेको छ ।” यसअघि डिसेम्बरमा भारतले श्रीलंका प्रहरीलाई १२५ एसयूभी हस्तान्तरण गरेको थियो । प्रेस ट्रष्ट अफ इण्डिया ।