Online News Portal

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक लाई कम्बल वितरण

234

बिरगंज माघ १ पर्सा ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ले एक कार्यक्रम गरेको छ। उक्त कार्यक्रम वीरगन्ज महानगरपालिका वडा २ मा भएको थियो। कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्युको प्रमुख आतिथि रहनु भएका थिए। यस सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुदिन ठकुराई ज्युको अध्यक्षतामा न्यानो कम्बल वितरण कार्यक्रम गरिए को थिए भने अतिथिको रुपमा सहायक जिल्ला अधिकारी महेश राज तिमल्सिना,वडा न २ का वडा अध्यक्ष महमद रेयाज मिया,सहायक प्रहरी उपरीक्षक निर्मल बुढाथोकी,बिर्ता वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा असहाय, बिपन परिवार तथा जेष्ठ नागरिक लाई न्यानो कम्बल वितरण गरिएका थिए।

Leave A Reply

Your email address will not be published.