Online News Portal

रक्सौल – बिरगंज संचालित सार्वजनिक सवारी तस्करी मा प्रयोग

236

माघ  २० पर्सा

रक्सौल बिरगंज  चल्ने इरिसा ,अटो  अधिकान्श रुपमा तसकरिमा प्रयोग भएको पाइएको छ। रक्सौल बिरगंज तेम्पू प्रा लि का अध्यक्ष  महमद मुम्ताज मन्सुरी का अनुसार बिरगन्ज्  को घणटघर देखि मितेरी पुल सम पर्मिट दिएका बिरगंज  महानगरपलिका तथा  यातायात  कर्यालय ले सो बिपरित संचालन गरेका छन। रक्सौल जानू र त्याहा बाट नेपाली ब्यापारी को माल्समान ढृवानीमा ब्यस्त  भएको पाइएको छ। नेपाली ब्यापारी ले दिल्ली तथा भारत को विभिन्न  शहर बाट खरिद गरिएको समान को सहज रुपमा इ रिक्सा तथा अटो बाट तसकरी भइ रहेको छ। अध्यक्ष मन्सुरी का अनुसार सबै  इ रिक्सा तथा अटो  रक्सौल बजार गैइ मोबाईल ,सवारी साधन का पाटपुर्जा, किराना पसल का सामग्री, घुटका, निर्माण सामग्रीका मालसामानहरु,औषधि ,लत्ताकपडा ,इतयादी मूल्य को १०-१५ % को ढृवानी लिइ दिन भर यी इ रिक्सा तथा अटो  रक्सौल बजार द्खि बिरगंज बजार सम प्रहरि प्रसासन बाट लुकाइ छिपाइ ढृवानी गरेको  आरोप अध्यक्ष मन्सुरी ले लगाएका  छन । आफ्नो  सवारिको टृल् बक्स मा मालबस्तु राखी दिन भरी तसकरी गरि रहेका छन। क्षमता भन्दा बढी सवारी रक्सौल जानु र अलि अलि गरेर बस्तु ओसारपसार  गरिएको छ त्यो पनि  प्रशासन को आँखा मा धुल लगाइ । यात्रु ढृवानीको नाम मा तसकरी हुदा नेपाल को राज्स्वा मा कमि भइ देश को अर्थ तन्त्र खराब हुनु तसकरी को ठुलो  भुमिका रहेको छ। मालबस्तु भन्सार गराउदा भन्सार लाई पैठारी कर, अन्त्सुल्क, तथा १३ % मुल्य अभिबृधी कर दिर्नुपर्दा भन्दा राम्रो बिना  झन्झट  तसकरी नै उप्युक्त रहेको हुदा तसकरीमा नै ध्यान  पुगेको छ। हरेक रुटको सवारि सधन मात्र रक्सौल बिरगंज चल्दा घन्टउ घन्टउ जाममा बस्नु पर्दा यात्रु लाई समस्या भएको छ।

Leave A Reply

Your email address will not be published.